Pages

Tuesday, June 26, 2012

बाहुनबाद के हो र यसलाइ किन बाहुनबाद भनिएको हो?


मधेशी हरूलाई काठमाडौं आउन को लागि भिसा को बेवस्था गरिएको थियो जब कि भारतिय

हरूलाई भिसा को आवस्यक्ता पर्दैन थियो। मधेशी हरूलाई आर्मी मा केवल कपाल काट्ने, दार्ही

बनाउने, भान्छामा काम गर्ने हरूको रूपमा मात्र भर्ना गरिन्थ्यो जुन नेपाल गणतन्त्र भाई सके

पछि मात्र फेरियो। मधेशीहरू माथी उनिहरुको इच्छ्या नहुदा नहुदै पनि जबर्जस्ती नेपाली भाषा


लादियो, उनिहरुको भाषा लाई कुनै पनि हिसाबले काम काजमा ल्याउन दीइएन। हामि हाम्रो

भाषालाई माया गर्छौ, अब हामी उनिहरुको खुट्टामा उभिएर सोचौ उनिहरुलाई कस्तो पिडा भयो

होल। नेपाली भाषा राष्ट्रको मुख्य भाषा भए पनि स्थानिय स्तर मा अरु भाषा लाई पनि मान्यता

दिएको भए उनिहरुले आज उपनिबेश जस्तो फील गर्दैन थिए.


अझै पनि हेर्नुहोस् मधेशी हरूलाई पहाडी समाजले वास्तविक नेपाली को रूप मा स्वीकार गरेको

देखिदैन, अझै पनि मधिशे, मर्स्या, सिसी-बोतल, धोती, भैया, ईण्डियन भनेर हेय को दृष्‍टि

ले हेरिन्छ । 'तरकारी मधेशी सँग किनिस की नेपाली सँग किनिस' जस्ता भनाइहरू अझै पनि

सुनिन्छ, पहाडमा पनि र मधेषमा पनि।


एकातिर system बाट discrimination भएको छ भने आर्को तिर सामाजिक रूप मा पनि

discrimination भएको छ। एक जना मधेशी मित्र ले 'हामीलाई नेपाली हुने मौकै दीइएन'

भनेर दुखेसो पोख्नु भयो म संग।


अब हुनत लोकतन्त्र आयो, गणतन्त्र आयो, कानुनको हिसाबले सबै समान भैसके, बिस्तारै

समाज परिवर्तन होला, मान्छे educated होलन्, मान्छेको attitude change होला भन्ने

तर्क आउला तर जुन हिसाबले उनिहरु एउटा घाऊ लिएर बसेका छन्, सम्पूर्ण मधेशी समुदाय,

त्यो घाउ त यत्तिकै निको हुने वाला छैन। उनिहरु भाषिक र छेत्रगत हिसाबले पीडित भएको

कारणले गर्दा संघियताको चर्को माग राखेका हुन ताकि उनिहरु 'हामी मधेशी भए पनि नेपालकै

हौ' भन्न सकुन् र आफ्नो भाषालाई पनि नेपाली सरह नै आफ्नो राज्य मा प्रयोगमा ल्याएर

सम्मान दिन सकुन्।




Saturday, June 23, 2012

FIPNA interaction with Dr Mahendra Lawoti on Federalism in New York, June 10, 2012


Dr. Mahendra Lawoti को बिचारमा आधारित बुँदाहरु..


१. संविधान सभामा लोकतान्त्रिक पद्धतिद्वारा जातिय पहिचान सहितको संघियता स्थापित हुने भएकोले बाहुनवादिहरुले पटक पटक प्रकृयाहरुलाई कुठाराघात गरेका हुन अन्तत्त्वगत्त्व दुई तिहाई पुग्ने डरले संविधान सभा सम्म भंग गरे ।


२. वाहुनवादिले चाहेको जस्तो संबिधान नआए सम्म वाराम्वार यस्ता प्रकृया मिचाई, भंग गर्ने कुरालाई अव मान्य हुने छैन ।


३. बाहुनवादिहरुले लोकतान्त्रिक मर्म, मानमर्यादाको उलंघन गरिसकेको भएर कथमकदाचित आगामी चुनावमा बाहुनवादिले चाहेको जस्तो भएपनि आदिवासी जनजाति मधेसी दलितले पनि बाहुनवादिहरुले लोकतान्त्रिक मर्म, मान-मर्यादाको उलंघन गरेको नजीर देखाउँदै नमान्ने कुरामा शंका छैन ।


४. आदिवासी जनजाति मधेसी दलित मुसलमानहरु जातिवादि भन्ने आरोप गर्छन उनिहरु आफ्नो हक अधिकारको मात्रै कुरा गरेका छैनन एकले अर्कोको अधिकारको पनि कुरा गर्दैछन उनिहरु कसरि कसरि जातिवादि हुनसक्छन बरु वाहुनवादि हालिमुहालि गर्ने जातिले आफ्नो मात्रै अधिकारको कुरा गरेकोले उनिहरु नै जातिवादि हुन ।


५. आदिवासी जनजाति मधेसी हरुको एक्यबद्धता, गठ-बन्धनहरु भैसकेकोले अव बाहुनवादिहरुको राजको पतन शुरु भएको संकेत हो । ढिलो चाँडो उनिहरुको राज सकिन्छ ।


यो कुराहरु डा. महेन्द्र लावति ज्यूले अमेरिकामा भएको अन्तरकृयामा प्रस्तुत गर्नु भएको बिचारमा आधारित छ ।

Thursday, June 21, 2012

बाहुनबाद के हो र यसलाइ किन बाहुनबाद भनिएको हो?

बाहुनबाद भन्नाले हिन्दू परम्परा भित्र हुर्केका त्यस्ता नराम्रा मूल्य, मान्यता, र प्रभावहरुलाइ बुझिन्छ जसले बाहुन जातलाई जन्मैले उच्च जातको र आरु जातलाई तल्लो जातको मान्दछ भने केही जातलाई त छुनै नहुने जात मान्दछ।
हिन्दू वर्णव्यवस्थाले नै बाहुन जातलाई उच्च जातको दर्जा दिएको कारणले यस्तो बिभेद्कारी प्रथालाई बाहुनबाद भनेर भनिएको हो।
बाहुनबादको बिरोध कुनै व्यक्ती, जात, वर्ग, वा धर्मको बिरोध गर्नु हैन किनकी बाहुनबाद कुनै ब्यक्ती हैन, एउटा सोच हो, सँस्कार् हो, मूल्य र मान्यता हो, भने हाम्रो बर्तमान समाज सम्रचनाको एउटा आधार हो, जुन कुनै एक ब्यक्ती, जात वा बर्ग भित्र मात्र सिमित छैन।
कोही पनि मानिस जन्मैले उपल्लो जातको, आदरणीय या ठूलो हुँदैन। सबै मनिस जन्मले बराबर हुन्छन। जन्मकै कारणले कोही ठुलो र कोही सानो भन्ने बिचारमा कुनै तुक छैन। त्यसकारण हाम्रो समाजबाट बाहुनबादी परम्परा उन्मुलन गरिनु पर्दछ।
Blog ref :  Shashwatinstinct.com 



Wednesday, June 20, 2012

How to post in this blog ?? Its simple ..Just need to make an email following below.


Please note and write Title in the subject and the contents in the body of e-mail ( attached file like photo, audio, video) and send email to following ....

 
hakubauchha.1234@blogger.com for posting on Home Page

hakubauchha.0000@blogger.com for posting on मुख्य समाचार

hakubauchha.0001@blogger.com for posting on लिम्बुवान

hakubauchha.0002@blogger.com for posting on शेर्पा स्वायत्त गणराज्य

hakubauchha.0003@blogger.com for posting on किरात-खम्बुवान स्वायत्त

hakubauchha.0004@blogger.com for posting on नेवाः

hakubauchha.0005@blogger.com for posting on ताम्सालिङ्

hakubauchha.0006@blogger.com for posting on मगराँत

hakubauchha.0007@blogger.com for posting on तमुवान

hakubauchha.0008@blogger.com for posting on थारुहट



Notice ! Notice !!



Please email to :

hakubauchha.1234@blogger.com

for any post you want to see in this page. Unrelated post will be discarded.


For a moderator:
who are interested to update this page so as to publish activities, article news,  are welcome to contact 
Mr.  Pramod Shrestha  with gmail accounts on email : hakubauchaa@gmail.com or add Facebook ID https://www.facebook.com/pramod.shrestha.35 for discussions.

The moderators will have authority of activity news update, with / without photos or audios or videos and modify it.



Regards,
Pramod Shrestha
Dubai, UAE

Thursday, June 14, 2012

ऐतिहासिक पिडनको क्षतिपूर्ति भनेको असम्भव नै हुन्छ । .......... जस्तो कि आंगनमा काटिएको एउटा रुखको क्षतिपूर्ति भनेको त्यो रुखको मृत अवस्थामा हुने काठको मोल होइन, त्यो रुख जिउँदै हुँदा त्यसबाट फेकिएका प्राण वायुको मुल्यांकन, वातावारणमा प्रदान हुने शितलताको मुल्यांकन आदि कुराहरु जोड्नै सकिन्न । काठको मोल जुन राहत मात्रै हो, त्यसैलाई क्षतिको नाम दिन्दै आएका छन । नेपालको समाजमा सदियौं देखि भएका भाषिक, साँस्कृतिक, धार्मिक, राजनैतिक, आर्थिक पिडनको क्षतिपूर्ति त हुनै सक्दैन तर राहत मात्र माग्दा पनि दिने कुरा गर्दैनन यि बाहुनवादिहरु । के भन्नु हुन्छ त । .........................

राष्ट्रियता भनेको भावना संग जोडिएको हुनाले कुन ब्यक्ति कहाँ बस्यो भन्ने कुरा संग संम्बन्ध राख्दैन । राष्ट्रियता नाप्न सक्ने भौतिक वस्तु पनि होईन । यहाँ यो बहसमा जति पनि राष्ट्रियताबाट प्रेरित भएर नै बहसमा सहभागि जनाएका हुन । बिचार फरक फरक हुन । राष्ट्रियता भावना हो , भावना लाई हामी देख्न सक्दैनौं । तर महसूस गर्न सक्छौं । र महसूसले यो अवस्थामा पनि हुन्छ, जव यो भावनाले कुनै भौतिक बस्तु बनाउँछ,। जस्तै कविले राष्ट्र भावनामा कविता लेख्छ, लेखकले लेख लेख्छ, गीतकारले गीत लेख्छ, कसैले के गर्छन, कसैले के गर्छन । तपाईको लेखाइ पनि यसकै एउटा अंश हो, सवैको यसरि नै अंश हुन । भावनावाट जन्म भएको जसलाई हाम्रो ज्ञानन्द्रियले सजिलै देख्न, पढ्न र सुन्न सकिन्छ । म यस बनेको भौतिक कुरालाई "भौतिकृत भावना" भन्न मन पराउँछु ।

एउटा जातिले अर्को जातिको भूखण्डमा आधिपत्य जमाएको धेरै इतिहासहरु पाइन्छन । आधिपत्य जमाइ सकेपछि शान्ति हुने अवस्था यस्तो हुन सक्छ । १.पहिलोले दोश्रोको भाषा, संस्कृति, धर्म, चलनचल्तिको अंगीकार गरेको अवस्थामा पहिला नेपालको ईतिहासमा यस्तो हुन्थ्यो.... २.पहिलोले दोश्रोको भाषा, संस्कृति, धर्म, चलनचल्तिको नामोनिशान मेट्यो भने । पृथ्वी नारायण पछिनिति थियो तर सकेन..... ३. सह-अस्तित्वको बिकास दुबैले दुबैको भाषा, संस्कृति, धर्म, चलनचल्तिको ससम्मान गर्ने मिलिजुलि बस्ने संघियताको पक्षधरको सपना यो हो ........ ४. द्वन्द्व गर्ने र अर्को पक्ष बाँकी रहुञ्जेल सम्म चलिरहने अतिवादिको सोच अनुसार (अन्तिम विकल्प) अव सबैले बिचार गर्नुस ३, ४ कुन ठिक ..किनकि १, ले काम गरेन, २ हुन सक्दैन ।

हाम्रो समाजमा बिषेश गरिकन दुइ किसिमका बिभेद छन...अन्तरजातिय र जातिमा आन्तरिक । पहिलो हालिमुहालि बर्ग खस जातिले अरु जातिलाइ गर्ने बिभेद, दोश्रो एउटै जाति भित्र हुने तल्लो जात माथिल्लो जात मा बिभेद । यो दुइटैको कारक तत्व भने मनुस्मृति द्वारा निर्देशित हिन्दु बर्णाक्रमको ४ जात बर्गिकरण र देशलाई हिन्दुकरण गरेको हुन आउँछ । हिन्दुमा नपर्ने जातिलाइ शुद्रमा अथवा त्यो भन्दा तल्लो मानिन्थ्यो । हिन्दु संस्कार सिकेर वा आर्थिक हैसियत, सामाजिक प्रतिष्ठा के आधारमा जात प्रथा तल्लो जात माथिल्लो जात भएको पाइन्छ । यो सबैको मूल कारण हिन्दुधर्म को जवर्जस्तिकरण नै हो । त्यसैले छुवाछुटको जरा अन्तर जातिय बिभेद र जाति भित्रको आन्तरिक बिभेद दुबै संग संबन्धित छ । जातिय भयो भन्ने हरुले यो अन्तर जातिय बिभेदवाट मुक्त गर्न नचाहेका हुन, अनि जात जातको कुरा मिसाएर फेरि जाति र जातलाई भ्रम पनि पारिसकेका छन । दुइटै बिभेदको अन्त्य एक जाति, एक भाषा, हिन्दु एकल हालिमुहालिको अन्त्य यानि संघियता नै हुन सक्छ ।

नेवार इतिहासमा संपन्न मुलुकको जनता थियो । अहिले गरिब दरिद्र देशको जनता । यस अर्थमा नेवारको संम्पन्नता घटेको हो । नेवारको पुर्ख्यौलि ब्यापार ब्यबसायको कारणले गर्दा अहिलेको नेवार बाँचेका छन । कसै कसै मत छ, नेवार पनि शोषक हुन, यो कुरामा म सहमत हुन सक्दिन । नेवारको ऐतिहासिक भूभाग काठमाण्डौं राजधानी हुँदैमा यस्तो आरोप लगाउनुको केहो तुक नहोला । नेवारले कसैको भूभागमा गएर उनिहरु रैथानेको अधिकार हनन गरेको छैन भने कसरी नेवार शोषक भए । अर्को कुरा के काठमाण्डौंलाई राजधानी नेवारले जवरजस्ति बनाएको हो त ? होइन यो त पृथ्वी नारायण शाहले कब्जा गरिसकेपछि , काठमाण्डौंको संपन्नता र सुबिधा देखेर लोभिएर नै राजधानी बनाएका हुन । राजधानीको अरु ठाऊँको अनुपातमा थोर धेरै बिकास भएको कुरालाई नकार्न मिल्दैन । यो बिकास नेवारको लागि भनेर गरेको भनेर सोचिन्छ भने गलत हो यो त शासकहरु आफु बस्ने ठाऊँ भएकोले बिकास गरेका हुन । यसमा अप्रत्यक्ष अलि नेवारलाई पनि लाभ भएको हुन सक्ला । यसलाई नै कि वा शोषक भनेका हुन । नेवारले अन्याय गरेको छैन, अन्यायमा परेका हुन । नेवारसंग ईर्ष्या र द्वेषपूर्ण पूर्वाग्रहि भएर नेवार शोषक भनेर देखाएर अरु आदिवासी जनजातिहरुको बिचमा गिराउने अनि लडाउने खोजेको कुरा सबैले बुझेका छन

प्रतिगामीवादिहरुको पार्टिहरु, एकात्मकवादिहरु पार्टिहरु, धुलेमुले दोधारे संघियतावादि पार्टिहरु पनि संघात्मक ढाँचामा हुनेछ , जति राज्यहरू बढि हुनेछन त्यति नै उनिहरुको केन्द्रिय शक्ति छरिने कुरामा शंका छैन । अवसरवादि नेताहरु नानाथरि कुराहरुबाट भ्रम श्रृजना गरिकन आफ्नो शक्ति छरिएला भन्ने डरलाई लुकाउन खोजेको हुन, जातीय, सामर्थ्य, भूगोल आदि इत्यादि देखाउने दाँतहरु नै हुन । समग्रमा सवै आदिवासी-जनजातिहरुको शक्तिको अगाडि मानसिक रुपमा पराजित भईसकेका छन। अझ कुनै कुनै पार्टिहरुलाई डर छ, राष्ट्रिय पार्टिको हैसियत गुम्ला कुनै स्थानिय क्षेत्रिय पार्टिमा सिमित नहोस , त्यसैले पनि संघियताको बिरोध गर्छन ।

सबभन्दा पहिलो कुरा मानव बिकास सुचांक हो जसले कुन जाति कहाँ हो भन्ने औसत तथ्य छर्लङ गरि सकेको छ । एक पल्ट मानव बिकास सुचांक हेर्नु भयो भने यो जाति बिभेद भएको पुष्टि हुन्छ । आजको सम्पन्न वर्ग भोलि गरिब, आजको गरिब भोलि सम्पन्न हुन सक्छन, यो परिवर्तनशील छ, उसको जाती त परिवर्नशील छैन र वर्गीय संबोधनले मात्रै जातिय उड्पीडनवाट उ मुक्त हुन सक्दैन । जब सम्म उड्पीडित जातिलाई राजनैतिक सशक्तिकरण गर्न सकिन्न यो बिभेद रहि रहन्छ । त्यसैले खालि बर्गको मात्रै समस्या ठान्नु महा-भूल हो । जातिय उड्पीडनको संबोधन पछि बर्गिय समस्याको सम्बोधन हुनु पनि जरुरि छ । अर्को कुरा पिडन आर्थिक मात्रै होइन, भाषिक पिडन, साँस्कृतिक पिडन, धार्मिक पिडन पनि छन । यि सबै कुराहरुको संबोधन बर्गिय समाधानले हुन्छ भन्नु रोगको सहि पहिचान नहुनु नै हुन सक्ला ।

"पहिचान" भनेको यस्तो मूलभूत चिनारी हो जो कुनैपनि अरु भौतिक वातावरण संग परिवर्तन हुन्दैन । "सामर्थ्य" भने उच्चतम विकास, उत्पादन गर्ने क्षमता हो जुन विशेष गरिकन मानविय संसाधन, मानविय विवेक, प्रविधि र धेरै भौतिक कुराहरुमा निर्भर रहन्छ, जस्तै भौतिक सुगमता, प्राकृतिक श्रोत र साधनमा आदि । त्यसमा पनि मानव संसाधनको भूमीका प्रमुख रहन्छ । किनकि सुन खानी छ भन्दैमा आफै सुन खानीवाट बाहिर निस्कने होइन । मानव संसाधनको जति बढि उपयोग भयो त्यहि अनुपातमा त्यहि सापेक्षमा सामर्थ्य पनि बढ्दै जाने हो बाँकि भौतिक कुराहरु र प्राकृतिक श्रोत साधन त सहयोगी मात्रै हुन । अव मानविय संसाधन परिचालन भएन भने के हुन्छ ? के त्यहाँ सामर्थ्य हुन्छ । त्यहाँ सामर्थ्य शून्य नै हुन्छ । जवसम्म उपयोग हुन्न जति नै साधन भएपनि त्यो अमुर्त नै हो त्यसको मूल्य हुन्दैन । यदि सामर्थ्य मा राखिन्छ भने त्यो आकाशको फल मात्रै हो । मानविय संसाधनलाई उच्चतम परिचालन गर्न राष्ट्रमा दिगो शान्ती, राजनैतिक स्थिरता साथसाथै राष्ट्र भावना, उत्प्रेरणा, आफ्नोपन, माटोसंगको प्रेम, भाषा, धर्म, संस्कृति र पहिचानको भूमिका हुन्छ । पहिचान सहितको राज्यले राष्ट्रमा दिगो शान्ती, राजनैतिक स्थिरता एवंम मानव संसाधनलाई उच्चतम परिचालनमा सदैव उत्प्रेरित गरिराखेको हुन्छ । त्यसैले पहिचान बिना सामर्थ्य मात्रै कुरा गर्नु भनेको आत्मा नभएको मृत लाशलाई महत्व दिनु बराबर हुन सक्ला ।

सरकारमा र प्रशासनमा भएका बाहुनवादिहरु सक्षम भएर त्यहाँ पुगेका अरे !! नेपाल कुनै बेला उन्नत मुलुकमा गनिन्थ्यो । भनिन्छ त्यो बेला नेपालको मुद्रा भारतका केहि ठाऊँमा र तिब्बतमा प्रचलन गर्ने गरिन्थ्यो । यो कुनै रक्तपात बिना नै कायम गरिएको आर्थिक प्रभुत्व थियो । अहिले हाम्रा तथाकथित सक्षमहरुले हाम्रो देशलाई २५० वर्षमा अझ उन्नत बनाएर बिश्व कै झण्डै पहिलो गरिब कंगाल मुलुकमा पु-याउन सफल भएका छन । उनिहरु यो दौडमा एक नम्बर कायमै गरि छाड्ने ढृटताका साथ अगाडि आएको देखिन्छ । आदिवासी जनजाति र अरु सबै सिमान्तकृत बर्गका जनताले यिनिहरुको क्षमताको पहिचान गरि उचित कडा पुरस्कार दिनु नै राम्रो होला भन्छ है म त ।!!!!

जो मान्छेले इतिहासको महत्व बुझ्दैन त्यो जस्तो पट्मुर्ख कोहि हुन्दैन भन्छु म । किनकि भुत-काल ( इतिहास ) भनेको सवै राम्रा नराम्रा अनुभव हुन, बर्तमान-काल भने परिक्षण हो । भविश्य-काल भनेको वर्तमानको परिक्षणमा ईतिहासको अनुभवको प्रयोग गर्दै निर्माण हुने सुनौला प्रतिफलहरु हुन । बर्तमान, भविष्य जहिलेपनि ईतिहास संग जोडिएको हुन्छ । यसलाई नकार्नु भनेको विगतका गल्ति स्विकार नगर्नु र त्यो अनुभव खाँचो छैन भन्नु हो । म सुध्रिन चाहन्न वा मवाट गल्ति भएको छैन भन्ने दम्भ प्रकट गर्नु बाहेक अरु हुन सक्दैन । तर बितेको समय फर्कन्दैन यो कुरा शाश्वत सत्य हो तर पनि बिगतका राम्रा नराम्रा अनुभवहरु हामी संग सदैव हुन्छ र निरन्तर प्रयोग भैराखेको हुन्छ । हामी बिगतका गल्ति नदोहरियोस भन्न खोजिरहेका छौं । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ...

जातिय बिभेद छैन भन्नु खोज्नु भएको भए यो गलत हुनेछ । मानविय बिकास सूचांकले जातिय बिभेदको तथ्य छरलङ गरेको छ । के कति कुन कुन महत्वपुर्ण स्थानहरुमा कुन जाति बिशेषका ब्यक्तिहरुले आशन ग्रहण गरी बसेका छन यसको तथ्याङ्कले अरु प्रष्ट पार्ने छ । २१ औं चेतनशील समाज पक्कै हो । तैपनि मानविय भावना, मनस्थितिको तह एक समान भनेर सोच्नु नै यहाँ निर ठुलो गल्ति देखिन्छ । बिकसित मुलुककरुको बिकसित मानविय भावना, मनस्थितिको कथा पढेर, कथा घोकेर नेपाल र नेपालको समाज पनि त्यहि बिकसित मानविय भावना, मनस्थितिको तहमा छ र त्यहि पाठ पढाउनु खोज्नु अर्को दुर्भाग्य भएको छ । हुन त के नै फरक भो र बिदेशमा वर्षात हुँदा छाता नेपालमा ओढे पनि । हामीले यो कुरा बुझ्न किन कञ्जुस्याईं गर्दै छौं, २१ शताब्दिको सभ्य विकसित समाज पनि बिभिन्न कालखण्डमा बिभिन्न गतिमा समय संग तालमेल गर्दै बिकास भएको हो । हामी नेपाली पनि समय संग बिकास त भएको छ तर हाम्रो दुर्भाग्य, हाम्रो बिकासको गति बिकसित मुलुककरुको बिकसित मानविय भावना, मनस्थितिको तुलना कम रह्यो । यदि हामीले आफ्नो खुट्टाले कहाँ टेकेको कुराको हेक्का नराख्ने हो भने यो आधार नभएको भवन सरह ढल्नेछ |

"देश" भनेको स्वतन्त्र सार्वभौम सत्ता भएको भूगोल हो यानिकि यसले ठाऊँलाई जनाऊँछ, भूगोल बिना देश हुन्दैन । यो शब्द विशेष गरेर भावना भन्दा भूगोल संग जडित हुन्छ । "राष्ट्र" - "जातीय" र "नागरिक" राष्ट्रवाद दुवैलाई बुझाउन यो शब्दको प्रयोग हुने गरेको छ । "राष्ट्र" भनेको माटो संग आफ्नोपनको भावना संग जडित शब्द हो, यसको लागि भूगोल हुनु नै पर्छ भन्न छैन, भूगोल साथमा हुनपनि सक्छ, नहुन पनि सक्छ । एउटा एउटा जाति पनि एउटा एउटा राष्ट्र हुन सक्छ, जातिय राष्ट्रवादको रुपमा । बिभिन्न जातिहरु (राष्ट्रहरु)मिलेर ठूलो पूर्ण राष्ट्र बन्छ, जसलाई राष्ट्र नै भन्ने गरिन्छ नागरिक राष्ट्रवादको रुपमा । "राज्य" भनेको राष्ट्र वा देश वा प्रान्त वा प्रदेशलाई जनाऊँछ तर यो शब्द शक्ति, सत्ता र शासन संग पनि जडित हुन्छ । भूगोल बिना यो संभव छैन । "राष्ट्र-राज्य" भनेको कुनै जातिको देश भएमा भनिन्छ । कुनैबेला ईजराइलले पूर्ण कब्जा गरेको बेलामा पेलेस्ताईनहरुको भूगोल नभएकोले देश छैन तर आफ्नो माटो प्रति भावात्मक जोडाई भएकोले राष्ट्र छ भनिन्थ्यो ।

बुझ्नै गाह्रो, बुझ्यो झन गाह्रो, झन झन बुझ्यो झन झनै गाह्रो ...... चेतना नआए सम्म पनि समस्या, चेतना आएपछि पनि अर्कै समस्या ...... फरक त्यति हो नबुझ्दा वा चेतना नहुँदा समस्यालाई भाग्यलाई दोष मानिन्थ्यो भने वुझेपछि वा चेतना आएपछि समस्या त अधिकार नभएर विभेदमा परिएर पो भएको रहेछ भन्ने बुझ्छ । अर्को समस्या थप्यो अव यो अधिकार कसरि लिने त । बुझ्न खोज्यो, झन झन बुझ्यो झन झन गाह्रो, यस्ता समस्या त आफु मात्र नभई धेरैलाई रहेछ । झन झन बुझ्यो, चेतना भयो, फेरि अर्को समस्या थप्यो सबैको समान अधिकार हुनु पर्छ । यहि चेतनाले सबै पिडित, दमित, बिभेदित, सिमान्कृतहरु आ-आफ्नो अधिकारका लागि एक जुट गराऊँछ, चट्टान हुन्छ र यो कसैले रोकेर रोकिन्न । यो ज्ञानको ज्योति फैलिन्छ द्रुततम चट्यागीय प्रकाशको गतिमा । जस्ले यसलाई रोक्न खोज्छ, चट्यागीय प्रकाशको ज्वालामा भष्म हुन्छ । अन्तमा यो "चेतनाको शक्ति" समान अधिकारमय संघियताको सुनौला बिहानीको किरणमा परिणत हुन्छ । जय नेवाः जय संघियता

मूला रोपेर काक्रो उम्रिन्न मित्र हरु ........ संघियता कुनै वाद वा राजनैतिक पार्टी संग सम्बन्धित होइन । सबै राजनैतिक पार्टीहरु यसका समर्थक वा बिरोधि छन भने समर्थकको संख्या धेरै भएकोले संघियता निश्चित छ । वाहुनवादि नेताहरु आदिवासी जनजातिहरुको मर्म अनुसार जान बाध्य भैसकेको छ । संघियतामा जातिय मुद्दा तुहियो भन्नु खुकुरिले हानेर पानिलाई छिनाएको, टुक्रा पारेको जस्तो मात्रै हो । बाराम्बर खुकुरिले हान्दै पानी टुक्रा भो, छिन्नियो अव । यो छिनियो भन्ने भ्रम कहिले सम्म पालिराख्ने होला !! आदिवासी जनजाति सभासदहरु भन्दैछन "होशियार दलका शीर्षष्ठ नेताहरु, मूला रोपेर काक्रो उम्रिन्न" । साथै, आदिवासी जनजाति सवै मिलेर आ-आफ्ना जातिय सभासद नेताहरुलाई भन्दैछन "खबरदार मूला रोपेर काक्रो उम्रिन्न" मूला रोपेर काक्रो उम्रिन्न.....सबैलाई चेतना भया..

हाम्रो नेपालि समाज कसैले मिलेर बसेको छ भन्छ भने म भन्छु यो त सदियौं सम्म लाठी देखाएर चुपचाप बसेका समाजलाई शान्त समाजको संज्ञा दिएको जस्तै हो । हाम्रो समाज "नेपाल" र "नेपालि" भन्ने शब्दमा वाँधिएर त्यसैमा नतमस्तक र संयमित समाज हो । संयमता र धैर्यको बाँधको पनि क्षमता हुन्छ, यो धैर्यको बाँध तथाकथित मिलेर बसेको समाज मिलेर बसेको समाज भनेर रटान दिन खोजेमा अवश्य फुट्नेछ । सदियौं गुम्सेको ज्वालामुखी फुट्नेछ, जस-जसले मिलेर बसेको छ भनेर झुठा प्रचार गरेका छन उनिहरुलाइ नै पहिला स्वाहा पार्नेछन । एकाधिकार एकल जातिय निरन्तरता गर्ने तिर नलागि वहुजातिय सह-अस्तित्व कायम गर्ने हो भने यो ज्वालामुखी शान्त हुन सक्छ । वहुजातिय सह-अस्तित्व नै साँचो अर्थमा मिलेर वसेको नेपालि समाज हुनेछ । -जय संघियता, जय नेवाः, जय नेपाल

पूर्वाग्रहि र हलो अड्काई के हो ? उदाहरण स्वरुप....... श्रीमान दिनदिनै बिहान ब्रेकफास्टमा एक अण्डा खाने, श्रीमतिले बोइल्ड अण्डा बनाऊँदा किन फ्राइड नबनाएको भन्ने, फ्राइड अण्डा बनाऊँदा किन बोइल्ड नबनाएको भन्ने । श्रीमतिले एकदिन फ्राइड र बोइल्ड दुइटै बनाएर राखिन । श्रीमान भन्नुहुन्छ फेरी गल्ति बोइल्ड गरिकन पाकेको अण्डा फ्राइड हुनु पर्ने र फ्राइड गरिकन पाकेको अण्डा बोइल्ड हुनु पर्ने ।....... अव वाध्यतावश श्रीमतिले अण्डा नपकाउने निर्णय गरिन... यस्तो अवस्था संघियतामा नआओस.!!..खेल्ने, हलो अड्काउने काम नगरिकन ब्यबहारिक बनोस । होइन भने हुने परिणामको जिम्मेवार आफै हुनेछ । जय नेवाः, जय संघियता, जय नेपाल

देशको मानव बिकास सूचांकले त झूठो वोलेको छैन होला विश्व बैंक र ए. डि. बि. को तथ्यांक हेर्नु भएकै होला । सबभन्दा पहिलो कुरा मानव बिकास सुचांक हो जसले कुन जाति कहाँ हो भन्ने औसत तथ्य छर्लङ गरि सकेको छ । अग्राधिकार भनेको पछि परेकोलाई स्वच्छ प्रतिस्पर्धाको स्तरमा उठाउने प्रकृयाको कुरा हो । उत्पीडीतको खोसिएको अधिकार पुनस्थापित गर्दैमा कोहि पनि दोश्रो दर्जा हुने होइन । अग्राधिकारलाई असक्त बिरामीको औषधि-उपचारको अधिकार भनेर बुझे कसो होला । असक्त बिरामीहरु के असक्त बिरामी नै रहोस भन्ने चाहनु हुन्छ भने कुरा अर्कै हो । नव जातिय अतिवाद भन्नु होला यो सदियौंको असमानता र बिभेदको न्युनिकरणको प्रकृया हो, औषधिमूलो हो । यस अर्थमा विभेदवाट भएका विरामी निको भैसकेपछि पनि भिटामीनको औषधी दिई राख्ने हो भने यो जातियवाद नै हुन सक्ला, कसैले अरु जात जातिलाई बञ्चित गर्ने कुरा गर्नु अतिवाद होला तर यस्ता कुराहरु आएका छैनन । खालि विभेदवाट भएका बिरामी निको पार्ने मात्रै उद्देश्य हुन । असक्त र बिरामीहरुको उपचार गर्दा वा उपचारको अधिकार माग्दा स्वस्थ ब्यक्तिहरु दोश्रो दर्जाको नागरिक हुने भन्ने तर्क कतिको जायज छ ।???

कुनै पनि भौतिक बस्तु आफैमा सिङ्गो हुन्दैनन । सबै सुक्ष्म एकाई एकाई हरु मिलेर बनेका हुन्छन । सागर होस या महासागर होस हामी एउटा सिङगो कल्पना त गर्न सक्छौं तर यतार्थमा कण कण थोपा थोपा बाट नै बनेको हुन्छ । राष्ट्र अनि राष्ट्रियता पनि आफैमा सिङ्गो होइन, यदि कसैले हो भन्छ भने त्यो काल्पनिक मात्रै हुन । व्यक्ति, परिवार, जात, जाति, समाज र समुदायहरुको यी सबै राष्ट्र र राष्ट्रियता बन्ने एकाई हरु हुन । यिनिहरुको अस्तित्व बिना राष्ट्र र राष्ट्रियताको कल्पना गर्न सकिन्न । हामीले यो कुरा पनि बिर्सन्नु हुन्न एकाई हरु अलग अलग को महत्व भन्दा जोडेर बनेको ठूलो आकारको सामुहिक बस्तुको नै आचित्य अत्यन्त महत्वपूर्ण हुने कुरामा दुई मत नहोला । यद्यपि व्यक्ति, परिवार, जात, जाति, समाज र समुदायहरुको पनि महत्व अस्विकार गर्ने ठाऊँ छैन । सवै पक्षको समुहमा आ-आफ्नो महत्व छ । एकलै एकलै नहोला । त्यसैले होला जातियतालाई "जरा" र राष्ट्रियतालाई "रुख" पनि भनिन्छ । यिनिहरु एक आपस बिना औचित्य हुन सक्दैन ।

सामर्थ्य भनेको के हो र यो संग पहिचानको के संबन्ध छ । सामर्थ्य भनेको मानविय चेतना, मानविय ज्ञान, प्राबिधिक क्षमता हो । सामर्थ्य भनेको प्राकृतिक श्रोत र साधनको भण्डार होइन यसलाई कसरि उपयोग गर्ने भन्ने कुरा नै सामर्थ्य हो । भएको श्रोतसाधनलाई अधिकतम चरम उपयोग गर्नुलाई नै सामर्थ्य भनिन्छ । मानव समाजले स्थानिय उपलव्ध श्रोतसाधनलाई उपयोग गर्ने कला अनि प्रबिधि पनि प्राकृतिक रुपमा जानेका र सिकेका हुन्छन । यि क्षमता सामर्थ्य नै विषेश पहिचान पनि हो । प्राकृतिक श्रोत र साधनको बाँडफाँट, अंशवण्डामा पारिकन एउटै समाज, एउटै भावना, भाषा, संस्कृति, धर्म, इतिहास बोकेका जातिलाई अलग गर्नु न्यायोचित छैन । अर्को कुरा सामर्थ्यले पहिचान होइन, पहिचानले सामर्थ्य बनाउने हो किनकि आफ्नो पहिचानमा आफ्नोपन, आफ्नो ठाउँ गाउँ प्रति जिम्मेवार, आफ्नो ठाउँ गाउँ प्रति दायित्व बोध हुने हो । यो भावनात्मक उत्प्रेरणाले सामर्थ्य ल्याउने हो, प्राकृतिक श्रोत र साधनको थुप्रोले होइन, त्यो बर्षौं सम्म पनि बेहाल अवस्थामा हुन सक्छ ।

मानिसहरुको सामाजिक विकास क्रममा ढुङ्गे युगवाट गण, कविला, जाति हुँदै अनि बिभिन्न जातिहरु मिलेर प्रदेश, राष्ट्र बन्ने कुरा सामाजिक प्रकृयाको सिद्धान्तमा पाइन्छ र त्यस पछि आ-आफ्नो प्रदेश सिमाना तोडेर अनि देशको राष्ट्रिय सिमाना तोडेर अन्तरराष्ट्रिय एउटै गाऊँ सम्म सोच्न पुग्छन । यो बिकास क्रम समय... र मानिसहरुमा हुने मानसिकता मनस्थिति एवं भावना संग संवन्धित छ । हाम्रो देशको अवस्था अहिले जातिय तहमा छ । जब प्रादेशिक सिमाना तोडेर भावात्मक राष्ट्रिय एकता हुन्छ त्यो बेला जातिय भावना हुन्दैन । जव देशको सिमाना तोडेर भावात्मक अन्तरराष्ट्रिय एकता हुन्छ त्यो बेला राष्ट्रिय भावना पनि हुन्दैन । यो उच्च मनस्थिति हुन तव मात्रै संभव हुन्छ, जवकी यो अनुरोध गर्दैमा हुने, अनि इञ्जेकशन दिए जस्तो पनि संभव होइन । १. सवभन्दा पहिला एकल हालिमुहालि जाति भएको संस्कार र ब्यबस्था उन्मुलन हुनु पर्यो । बहुजातिय हालिमुहालि हुने अवस्था आउनु पर्यो । यसको लागि केहि समय लाग्न सक्ला । २.असमान धरातलमा टेकेर समानताको प्रयास गर्न थाल्यो भने यो टिक्दैन, यो भट्किन्छ/ढल्छ धरातललाई समानतामा ल्याउनु जरुरी पनि छ ।

जातलाई राज्य भनेको होइन जातिलाई राज्य भनेको हो । जात भनेको हिन्दु बर्णाक्रम अनुसारको चार जात हो ब्राह्मण, क्षेत्रि, बैश्य, शुद्र जबकि जाति भनेको भाषा, संस्कृति, धर्म, भूगोल ( क्षेत्र ), इतिहास मध्ये कुनै एक वा एक भन्दा बढि साझा भएका मानव समाज वा समुदाय बुझिन्छ । विकसित जातिले कुनै कुनै बेला राष्ट्रियता पनि बुझाऊन्छ । जस्तै नेवार जाति मात्रै नभै ऐतिहासिक राष्ट्रियता पनि हो । हाम्रो देशमा नेवार जस्तै अरु पनि ऐतिहासिक राष्ट्रियताहरु छन । यो जात कदापी होइन । पहिला नेवार हो पहिला नेपाली हो भन्ने कुरा कुखुराको चल्ला पहिला जन्मेको कि कुखुराको फुल पहिला जन्मेको भने जस्तै मात्रै हो । नेपाली पनि पहिचान हो नेवार पनि पहिचान हो । नेपाली बृहत पहिचान हो बिदेशिको लागि भने नेवार भनेको बिस्तारित पहिचान हो । अर्को शब्दमा भन्ने हो भने नेपाली राष्ट्रियता हो अनि नेवार जातियता हो । राष्ट्रियता रुख हो भने जातियता जरा हो । अव रुख पहिला कि जरा पहिला भन्ने प्रश्न नै हास्यासपद भएको जस्तै म पहिला नेपाली अनि नेवार भन्नु पनि हास्यासपद नै हुन आऊँछ । कुनै पनि जातिले अर्को जातिलाई लखेत्ने खेदाउने भन्ने कुराहरु गरेका छैनन । यो भ्रम संघियता नराम्रो भनेर देखाउन फैलाइएको हो ।

अन्धोभक्त कसैको पनि हुनु भएन, कोहि कार्ल मार्क्सको, कोहि ले लेनिनको, कोहिले माओको पुस्तकका थेलिहरु घोक्न सिध्याएर त्यहि बेद जस्तो अरुलाई सुनाएर काम चल्ने होइन । यि अन्धभक्तहरु भौतिकवादमा सबै कुरा परिवर्तशिल छ पनि भन्छन, परिवर्तशिल सोच आध्यात्मकवाद हो पनि भन्न भ्याऊँछन । अव दर्शनहरु परिवर्तशिल हुन सक्छ भन्ने मान्यता राख्दैनन , यदि परिवर्तनशील होइन भने फेरि आध्यात्मकवाद किन भएन । हाम्रा वाहुनबादि बिद्वानहरुले यस्ता कुराहरु स्विकार गर्न नसक्नु, एउटै मन्त्र मात्रै फुक्नु, बदलिएको परिस्थिति संग आत्मसाथ गर्न नसक्नु नै हाम्रो दुर्भाग्य हो । उहाँ उल्लेखित ब्यक्तित्वहरुले यो बदलिएको परिस्थितिमा परिवर्तन हुनु पर्छ भन्ने मान्यताका साथ अगाडि आउनु भएको भन्ने मेरो बुझाइ हो । हामीहरु राम भक्त हनुमान त पक्कै होइनौं , हामीहरु त भएको सानो विवेक प्रयोग त गर्छौं जसलाई राम भक्त हनुमान भनिएको हो उनिहरुले बिबेक प्रयोग गरेको पाइन्दैन । धेरै कमले मात्रै दर्शनको सहारामा केहि कुराहरु ब्याखा गर्न सक्षम भएका छन । तर परिवर्तनशील छ भन्दै आफुहरु अपरिवर्तनशिल हुने

भौतिकवाद र आध्यात्मकवाद संबन्धि भौतिकवादले बस्तु एक वाट अर्कोमा परिणत हुन्छ, एउटा नष्ट हुन्छ अर्को जन्मिन्छ भने आध्यात्मकवादले पुरानो रहिरहन्छ भन्छ यो भगवानको देन भन्छ । यो त भयो बस्तु संग संबन्धित दर्शनहरु जसलाई हामी देख्न सक्छौं । अव मलाई यो कुरा भन्नुस मानविय चेतना अथवा कुनै पनि भावना, प्रेम, माया को स्थान कहाँ छ कुन दर्शनमा पर्छ जुन कुरा महसुस गरिन्छ तर भौतिक रुपमा हामी देख्दैनौं । यसलाई आध्यात्मकवादमा राखौं पुरानो रहिरहनेमा त परेन किनकि यसलाइ पुरानो भन्ने कि नयाँ , यसलाई भौतिकवादमा राखौं यो गतिशील र परिवर्तनशील भन्न पनि मिलेन । अर्को कुरा बर्ग रहित र राष्ट्र रहितको अन्तिम लक्ष दर्शन पाईन्छ । (In English classless and stateless stage ) यसमा जाति, धर्म को कुनै स्थान वा ब्याखा छ कि छैन । जाति रहित, धर्म रहित भनिएको पनि सुनिंदैन सहित भनिएको पनि सुनिएन । आदिम साम्यवादमा त मानिन सकिन्छ जाति पनि छैन धर्म पनि छैन । तपाईको दर्शनले यिनिहरुलाई कसरि संबोधन गरेको छ, यतार्थमा यिनिहरु भएको प्रमाणहरु यथेष्ट पाईन्छ

जानकारीको लागि धन्यवाद ! माफ गर्नु होला, म किन पर्दा भित्र लुक्नु पर्यो र ! म कुन दर्शनमा बिश्वास गर्छु त्यो सरोकारको बिषय कसरि भयो यो कुरा बुझ्न सकिएन । मेरो आस्था बिश्वास अनुसार तपाईको उत्तर त्यसरि नै अनेकौं रुप धारण गर्ने त होइन होला । १. तपाईको ब्याखाले जातिलाई भौतिकवाद दर्शनले स्वीकार गर्दैन भन्ने बुझीयो, यो सामन्त बर्गले शोषण गर्न जाल झेल गरेको अभिप्राय राखेको जस्तो मानें । तर खुलाएर तर लेख्न कञ्जुस्याईं गर्नुभो । ब्यबहारमा जातिहरुको औचित्य छ र यो सामन्त बर्गले शोषण गर्न जाल झेल गरेको हुन सक्छ तर यसको औचित्य नकार्ने ठाऊँ छैन । अव आदिवासीको प्रसंग जोडेर कुरा गरौं, आदिवासी भनेको ऐतिहासिक पहुँचमा नै कुनै क्षेत्र वा ठाऊँ वा इलाकामा भएको पहिलो मानव बसाई गर्ने जाति हुन । यि जातिले त्यो क्षेत्र वा ठाऊँ वा इलाकालाई मानव बस्ति बस्न योग्य बनाउन अनेकौं किसिमका कष्ट एवम योगदान गरेका छन । पछि मानव बस्ति योग्य भैसकेपछि अरु जात-जातिको आगमन, प्रवेश, कुनै बेला जवर्जस्ती कब्जा र अनेकौं कारणहरुवाट अहिले सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा कुनै वा सबैमा पछाडि परेका जात-जाति हुन । यिनिहरुको योगदानको कदर गर्दै उनिहरुको रक्षा र प्रबर्धनको लागि आई. एल. ओ. १६९ सम्मेलनमा र यू. एन. डि. पि. को छुट्टै दस्ताबेज पारित भएका छ्न । जसमा प्राकृतिक स्रोत र साधनमा अधिकार, स्वशासन, आत्म-निर्णयको अधिकार, सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा उथ्थान र प्रबर्धनको अधिकार सम्बन्धि ब्याख्या गरेको पाइन्छ । जाति-जनजाति ( ईथ्नीसीटी) हरु पनि समाजमा देखिन्छन यिनिहरु भनेका ईतिहास, भाषा, संस्कृति, धर्म, भूमी क्षेत्र र राष्ट्र, देश मध्ये कुनै एक वा एक भन्दा बढि साझा भएका समुदाय भन्ने मेरो बुझाई हो । यिनिहरुको औचित्यको प्रमाणित गरि राख्नु पर्ने छैन । यो समुदाय मध्ये अरुको औचित्य तपाईको ब्याख्यामा दर्शनले स्वीकार गरिएन तर अचम्म साझा राष्ट्र, देश हुने समुदायलाई भने स्वीकार गरिने देखिएको छ । राष्ट्र राष्ट्रलाई एक एक समुदायको रुपमा स्वीकार गरिने तर त्यसैको अरु समुदायहरु आदिवासि, जनजाति र जातिहरुको औचित्य स्वीकार नगर्नु तर्क संगत हुने कुरा भएन । २. भावना र भावना संग संबन्धित कुराहरुलाई पानि संग तुलना गर्नु भयो भन्नु भयो यसको स्वाद छैन यसको रंग छैन । त्यसैले यसको औचित्य को मतलब हिने कुरै भएन वा औचित्य हुन्न । यसमा मेरो भनाई यस-प्रकार छ कुनै पनि भावना भौतिक औचित्यलाई मानविय ईन्द्रियहरुले थाहा पाउन असमर्थ हुँदैमा औचित्य छैन भन्नु तर्क संगत होइन । किनकि हामीले यसलाई महसुस गर्न सकिने कुरा हो । अनि अर्को कुरा यि भावनाहरुलाई देख्न नसके पनि हामी यि भावनाबाट प्रेरित भएर गरिने काम कारवाहि अनि काम-कारवाहिवाट निस्केका भौतिक बस्तु पनि देख्न सकिन्छ । जस्तै कुनै राष्ट्रवादिले राष्ट्रियताको भावनावाट प्रेरित भएर राष्ट्रियताको वारेमा कविता लेख्न सक्छ, लेख लेख्न सक्छ । यि कविता लेखहरु हुन भौतिक-भावना जसलाइ हामी राम्ररि देख्न सक्छौं । तपाई यहाँ आफ्नो शब्दहरु खन्याऊँदै हुनुहुन्छ यो पनि तपाई भौतिक-भावना नै हो । जो जो यो समुहमा केहि न केहि लेख्छन त्यो सबै भौतिक-भावनहरु हुन । त्यसैले पानिको फोका जस्तो औचित्य भनिएको भावनालाई मेरो सुझबुझले स्वीकार गर्ने अवस्था छैन । कुनै पनि राष्ट्रको औचित्य स्वीकार गर्ने कुनै पनि सिद्धान्त व दर्शनले भावनालाई पनि स्वीकार्नु पर्छ । मलाई जानकारि बढि छैन बरु मैले बुझ्ने कुरामा अलि कमी कमजोरि हुन सक्ला । नवुझेको कुरा वुझाईदिन आग्रह छ । धन्यवाद !

मानिसहरुको सामाजिक विकास क्रममा ढुङ्गे युगवाट कविला, जाति हुँदै अनि बिभिन्न जातिहरु मिलेर राष्ट्र बन्ने कुरा सामाजिक प्रकृयाको सिद्धान्तमा पाइन्छ र त्यस पछि आ-आफ्नो सिमाना तोडेर अन्तरराष्ट्रिय एउटै गाऊँ सम्म सोच्न पुग्छन । यो बिकास क्रम समय... र मानिसहरुमा हुने मानसिकता मनस्थिति एवं भावना संग संवन्धित छ । हाम्रो देशको अवस्था अहिले जातिय तहमा छ । मैले बर्ग र बर्गिय समस्या छैन भन्न खोजेको होइन मैले जातिय समस्या छ भन्न खोजेको मात्रै हो । तपाई मानव समाजको उत्पतिको कुरा गर्नु हुन्छ र बर्ग संग जोड्नु हुन्छ । तपाई त्यसो हो विश्व मानव सबै पहिचानम पर्ने कुरा गर्नु हुन्छ , खालि दुइ बर्ग । अनि राष्ट्र र राष्ट्रियता के हो ? अन्तराष्ट्रिय बर्गको कुरा नगरि किन राष्ट्र र राष्ट्रियताको कुरा गर्नु हुन्छ ?? यस्तो पहिचानको किन जरुरि पर्यो ? किन यहि बर्गले समेत्न सकेन ? किन यसको अस्तित्व स्वीकार्नु हुन्छ । अन्तराष्ट्रिय क्षेत्रलाई एउटा राष्ट्र मान्ने हो भने राष्ट्रहरुले जातिको भूमीका निर्वाह गरिरहेका हुन्छन । त्यसरि नै राष्ट्रमा जातिहरुले समुह-गत, समुदाय गत भूमीका निर्वाह गरिरहेका हुन्छन । आदिबासिहरु ऐतिहासिक पहुँचमा सबभन्दा पहिला कुनै क्षेत्रमा बसोबास गर्ने पहिलो मानव-समुदाय हुन । यिनिहरुले त्यो ठाऊँलाई मानव बस्ती योग्य बनाउन अनेकौं दुःख कष्ट गरेका हुन्छन । यिनिहरुको अनेकौं योगदान पछि मानव बस्न योग्य भूमी बन्ने हो । पछि मानव बस्न योग्य भएपछि सुबिधा भोगिहरु त्यो ठाऊँमा बसाई सर्नु स्वभाबिक हो । बसाई मात्र सर्ने होइन पूरा कब्जा गरिकन संपुर्ण श्रोत - साधन पनि आफ्नो नियन्त्रणमा लिने गर्द्छन । तपाईको प्राकृतिक सिद्धान्त मानव बस्ने क्षेत्रमा समान योगदान अथवा कसैले केहि योगदान नगरेको अवस्थामा लागु हुन सक्ला तर ब्यवहारमा यो परिस्थिति भिन्नै छ । यो योगदानकर्ताहरुको श्रम परिश्रम योगदानलाई सम्मान स्वरुप एबम उनिहरुको अस्तित्वको रक्षार्थ यो अग्राधिकार जायज छ । उनिहरुको उचित अधिकारको प्रबन्ध भएन भने द्वन्द्व निश्चित छ ।

जातिय असमानताको न्यूनिकरण पछि वर्गीय समाधान स्वतः र सामान्य प्रकृया हो । तपाईलाई किन वर्गिय समस...्या जातिय भन्दा ठूलो लागेको जबकी हाम्रो मुलुक अर्ध सामन्तीवाद र अर्ध पूँजीवादको अवस्थामा छ । पूर्ण रुपमा वर्गीय समस्या भनेको पूर्ण पूँजीवादमा हुने हो । जातीय समस्या पहिला जन्मेको र पहिला नै उपचार हुनु पर्छ । यसले अप्रत्यक्ष रुपमा वर्गीय समस्याको पनि संवोधन गरि रहेको हुन्छ । त्यसैले वर्गीय पछि जातिय भन्नु सिधा सिंढि नउक्लिकन दोश्रो तल्ला माथि हाम फाल्ने अनि फेरि तल पहिलो तपाईले बर्गिय समस्या मात्रै होइन जातिय समस्या पनि हो भन्ने स्वीकार्नु भो । कति पय मित्रहरु बर्गिय समस्या समाधान नै रामवाण हो भन्छन । जातिय असमानताको न्यूनिकरण पछि वर्गीय समाधान स्वतः र सामान्य प्रकृया हो । तपाईलाई किन वर्गिय समस्या जातिय भन्दा ठूलो लागेको जबकी हाम्रो मुलुक अर्ध सामन्तीवाद र अर्ध पूँजीवादको अवस्थामा छ । पूर्ण रुपमा वर्गीय समस्या भनेको पूर्ण पूँजीवादमा हुने हो । जातीय समस्या पहिला जन्मेको र पहिला नै उपचार हुनु पर्छ । यसले अप्रत्यक्ष रुपमा वर्गीय समस्याको पनि संवोधन गरि रहेको हुन्छ । त्यसैले वर्गीय पछि जातिय भन्नु सिधा सिंढि नउक्लिकन दोश्रो तल्ला माथि हाम फाल्ने अनि फेरि तल पहिलो तल्लामा फर्कने जस्तै हो ।

राज्यको माग र निर्माण ऐतिहासिक पृष्ठभूमीमा आधारित छ । विभिन्न जात जातिहरुको एउटै साझा पनि हुन्छन । उदाहरणको लागि नेवार भाषा नेवारहरुको साझा पहिचान हो काठमाडौं र वरिपरिका क्षेत्र ऐतिहासिक साझा पहिचान हो । नेवार भित्र अलग अलग धेरै जात-जाति, धर्म र संस्कृतिहरु छन । फेरि सबै जात-जातिहरुले कहिले राज्यको माग गरेको छैन । यदि राज्यले उनिहरुको सम्मानजनक समाबेशी गर्न नसकेको अवस्थामा राज्यको माग नहोला भन्न सकिन्न । अहिलेको प्रस्तावित र राज्यको घोषणा पत्रहरुमा घाम जसतो छर्लङ हुने गरिकन स्थानीय स्वशासित क्षेत्र, इलाका अनि आरक्षणको व्यवस्था गरि यो मुद्दाहरुको संवोधन गर्ने छ । एउटा विभेदमा पारिएका कम्जोर र अर्को विभेद गरिगरि बलियो भएको बिचमा स्वतन्त्र प्रतिस्पर्धा कसरि हुन सक्छ । मुलधारको कुरामा संघियतावाट पनि राष्ट्रिय मुलधारमा नै जाने हो । किनकि जातियता भनेको जरारुपी राष्ट्रियताको एकाई हो भने राष्ट्रियता रुख रुपि यि एकाइ हरुको मिलन हो । कुनै पनि भौतिक बस्तु एउटा सिंगो हुन सक्दैन सबै एकाई एकाई मिलेर नै बनेका हुन्छन । त्यसरि राष्ट्रिय मूलधार, राष्ट्रियता पनि एकाई एकाई मिलेर नै बन्छ । संघियता कसरि भाग-बण्डा हुन सक्छ जबकि सबैले नेपाल र नेपालीको छातामुनि बस्ने कुरा स्वीकारेका छन ।

जातियवादको जन्मदाता नै ब्राह्मणवाद हो । ठूला जाती, आफ्नो त भाग्य नै ठूलो !!!। अनि अरु तथाकथित निम्न जातको पूर्व-जन्मको खराब कर्मको प्रतिफल, मृत्युपछि नर्कको वास र अनकौं भयत्रास, अर्को जन्ममा हुने दुःखको भय आदि कुराहरु मन-मस्तिष्कमा भर्दै आफ्नो आधिपत्य सदियौं सम्म गर्न सफल भए। इतिहासको विभिन्न कालखण्डमा यस्ता तथाकथित ब्राह्मणवादको विरोध नभएका होइनन । विरोधको आवाज दवाउन मनुवादले त अझ वेदको हवाला दिदैं ब्राह्मणवादि विभेदकारी मनुस्मृति दण्ड विधान नै संस्थागत गरेका थिए । अब प्रश्न छ को बाहुन को बाहुनवादि ? उत्तर यस्तो हुनु पर्छ यदि तपाई बाहुन परिवारमा जन्मनु हुन्छ र यसलाई आफ्नो भाग्य ठान्नु हुन्छ एबम आफुलाई सर्व-श्रेष्ठ जाती ठान्नु हुन्छ, अरुलाई तुच्छ ठान्नु हुन्छ भने तपाई बाहुनवादि हुनुहुन्छ । होइन भने तपाईं बाहुन मात्रै हो बाहुनवादि होइन । तपाई बाहुनवादि हुनुहुन्छ भने प्रतिकृया दिनेकुरा ठिकै हो, प्रतिवाद गर्ने ठिकै हो, किनकि गाली पनि त बाहुनवादिको हवलामा हुन्दै छ । अन्यथा यसमा चुपलाग्नु नै ठिक होला । बाहुनवादि होइन भन्दै बाहुनवादको प्रतिवाद गर्नु दुइ चरित्रको प्रस्तुति हुनेछ ।

सबभन्दा पहिलो कुरा मानव बिकास सुचांक हो जसले कुन जाति कहाँ हो भन्ने औसत तथ्य छर्लङ गरि सकेको छ । दोश्रो कुरा के एकाध ब्यक्तिहरुको उदाहरणले औसत तथ्यलाई तल माथि गर्न सक्छ । नेपालमा कुनै जाति हुनेखाने कुनै जाति पिसिएको तथ्यलाई हामीले ...स्वीकार्नै पर्छ । विश्वको इतिहासमा सबै ठाऊँमा हत्या हिंसा भयो त्यो नै ठिक भन्नु खोज्नु भएको हो कि ?? यस्ता हत्या हिंसा लाई कसरि नियन्त्रण गर्दै शान्तिपूर्ण बाताबरणमा दिगो स्थिरताको कुरा गर्ने हो । जित्ने पक्षले जे गर्दा पनि ठिक र हारीने पक्षको अधिकार भनेको जित्ने पक्षको तजबिज वा दयामायामा आधारित हुन्छ भन्ने कुरा मान्न सकिन्न । जुम्ला हुम्लाको दरिद्रताको कुरा उठाएर आफुहरु चोखिने कुरा पनि ठिक होइन । म त भन्छु आदिवासि जनजाति अरु सिमान्कृत त त्यतिकै ठगिएका छन भने उनिहरु संग लिनु दिनु केहि छैन । त्यसता ठाऊँको ब्यक्तिहरुले आफ्नो ठाऊँको बिकासको पनि अलिकति चिन्ता गरेक...ो भए यो हाम्रो अहिलेको बहसको औचित्य हुने थिएन । सबै नजिकैको ठुला शहर हुँदै अर्को वा त्यहि पुस्ता काठमाण्डौंमा बसोबास गरे पुगि गयो । आफु अनि आफ्नो शाखा सन्तानलाई बिस्तारै तान्न ब्यस्त देखियो । सुबिधा र अवसर भएको ठाऊँमा आउनु कुनै अपराध होइन, त्यो हुनु नै पर्छ अपराध हो भने आफ्नो ठाऊँको बिकास जिम्मेवारिवाट पन्छिनु, जिम्मेवारिको दायित्वको बोध नगर्नु । यो केन्द्रिकृत संस्कारको नतिजा हो । त्यसैले संबैधानिक सुनिश्चितता सहितको बिकेन्द्रिकरण हाम्रो आवश्यकता हो बाध्यता हो रहर होइन भन्ने बुझ्नु पर्छ । अव पिसिएका, दबिएका जो सुकै लाई हामी सबैको कर्तब्य दायित्व भनौं, योगदान भनौं, गर्नु पर्ने बाध्यता भनौं जसले जसरि बुझेपनि गर्नु पर्ने छ । यो कुरालाई जातिय अर्थमा बुझ्नु हुन्न । हो बदला लिने, लखेत्ने, खेद्ने उत्छृंगल कृयाकलाप, जातिय सद्भाव खलवल हुने कार्य गर्ने कुरा लाई जातियवादि भने पनि फरक नपर्ला

१. Stay together सिद्धान्त अनुसारको संघियता निर्माण हुने भएकोले देश टुक्रिनुबाट बचिन्छ । २. आफ्नो भाषा, संस्कृतिको बिकास, प्रबर्धन हुने भएकोले आफ्नो भूमीमा आफ्नोपनको बिकास हुने हुन्छ । ३. राष्ट्रियताको एकाई (ऐतिहासिक, जाति, भाषा, संस्कृति आदि पहिचान) को जराबाट बलियो राष्ट्रियता रुपि रुखको निर्माण हुने । ४. बहु-भाषा, बहु-जातिय, बहु-साँस्कृतिक र धेरै बिबिधता भएको मुलुकमा संघियताले सबैको भावना समेटिने हुनाले उपयुक्त मानिन्छ । ५. जातिगत , भाषागत असमानता, बिभेद, एकाधिकारको अन्त्य समानताको अनुभुति हुने । ६. राज्यको शासकीय शक्तिको संबैधानिक सुनिश्चताको साथ बिकेन्द्रिकृत बाँड-फाँटले शक्ति जनताको नजिक र सुनिश्चत हुन्छ । ७. राज्यमा भएका सिमित बर्गको राजनैतिक बर्चश्व समाप्त हुने र सबैको पहुँचको सुनिश्चता हुने हुन्छ । ८. कथम कदाचित बन्द, हड्ताल भएमा सरोकारवाला प्रदेशमा मात्रै असर हुने हुन्छ, पुरा देशमा नकरात्मक असर हुनबाट बचिन्छ । ९. दिगो शान्ति र राजनैतिक स्थिरता विना देशको विकास सम्भव हुन्न । संघियताले दिगो शान्ति र राजनैतिक स्थिरता ल्याउने हुनाले दिगो देशको विकास हुन्छ । १०. अन्तरराष्ट्रिय अधि-सन्धि आई. एल. ओ. १६९ मा नेपालले अबलम्बन गर्ने गरि पास भैसकेकोले यसको कार्यान्वयन पनि हुने हुन्छ ।

नेपाल भारतको भूभाग होइन यो स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्र हो । हाम्रा उग्र राष्ट्रवादि मित्रहरु संघियताको बिरोध गर्छन आदिवासी जन-जातिको अधिकारको बिरोध गर्छन , तराईको रथानेहरुको स्वशासनको बिरोध गर्छन । भारतीय बिस्तारवादको नारा दिन्छन संग...ै यतार्थमा आफ्नै देशको रथानेहरुको अधिकारको पनि बिरोध गर्छन।कसलाई कस्तो शक्तिलाई लाभ भएको छ हेक्का राख्नुहुन्न। के यो नै हो राष्ट्रवाद ? हामी पहिला आफ्नो भूभाग सबिधानद्वारा रथानेहरुको अधिकार स्थापित गरौं भन्दा हुनेखाने वर्गका मित्रहरु यो कुरामा किन समर्थन गर्नु होला उहाँहरु त खोक्रो राष्ट्रवाद च्याप्दै सदियों खाइ पाइ आएको बचाउन तिर नै लाग्नु हुन्छ

रैथाने, आदिवासी, भूमी पुत्र जस्ता शब्दहरु त्यतिकै जन्मेका होइनन । तपाई भन्दै हुनु हुन्छ साँस्कृतिक आक्रमण भयो, यो हस्तक्षेप भयो, भाषा हस्तक्षेप भयो, आदि ईत्यादि भयो। यदि रैथाने, आदिवासी, भूमी- पुत्रको अग्राधिकार नहुने हो ...भने पछि बसाई सरेका बासिन्दाले वहुमत र अल्पमत गर्दै पुरा देश खाई-सकेको हुनेछ । अब यहाँ निर के छ भन्दा रैथाने, आदिवासी, भूमी- पुत्रको अग्राधिकारको समर्थन गरौं आफु यसमा परिएको छैन यदि समर्थन नगरौँ दक्षिणको छिमेकीको चुरिफुरि बढ्दै गई राखेको छ । अब सोच्ने बेला छ कुन पक्षमा गए दिर्घकालिन नेपाल र नेपालीको भलो हुनेछ । यदि तराईका आदिवासीको अग्राधिकार भइदिने हो भने यो समस्या नै हुने थिएन ।हामीले पहिला हामीहरु चिन्नु पर्यो, सबै नेपालका सवै मातृ भाषालाइ समान अवसर र अधिकार दिनु पर्यो । हिन्दीलाइ छिमेकिको मातृ भाषा भनि सम्मान गर्नु परे गरौंला, छिमेकिको आमालाई आफ्नो आमा भन्न मिल्दैन

संघियतालाई अर्को भाषामा "मल्टि च्यानल रुलिङ" पनि भनिन्छ । कुनै विवाद एउटा राज्यको त्यहि राज्य सम्म सिमित हुने गर्दछ । अहिले जस्तो ...पुरा नेपाल बन्द हुने अवस्था हुने छैन । यो त सकरात्मक कुरा हो । संघियता कुनै वाद वा राजनैतिक पार्टी संग सम्बन्धित होइन | सबै राजनैतिक पार्टीहरु यसका समर्थक वा बिरोधि छन् भने समर्थकको संख्या धेरै भएकोले संघियता निश्चित छ |सोझा जनताले संघियताबाट आन्तरिक साम्राज्यवाद, सदियोंको जातीय बिभेद बाट मुक्ति खोजेका हुन्, यसलाई कहिले जातिवाद भनेका छन्, कहिले सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, पुजींवाद अरु के के वाद के के - माओवाद, खाओबाद का नचाहिने कुराहरु जोडेर तोडमरोड प्रयास गरिंदै छ, सबै पार्टिमा यसको भारी संख्यामा समर्थक हुनुले यो कुराको पुष्टि हुन्छ , अर्को कुरा हालसालै राज्य पुन: संरचना तथा शक्ति बाँडफाट समितिको प्रस्तावित प्रतिवेदन उल्टाउन सबै पार्टीको प्रयासलाई बिफल बनाइएका थिए

बाहुनवादलाई बिरोध गर्दा बाहुन हुँ भन्नेहरू खनिने देखिएका छन, बारम्बार स्पष्टिकरण दिंदै जाँदा पनि आफूले एकोहोरो बाहुनको नै खेदो खनेको बुझेको हो भन्दै जाने हाम्रा विद्वान मित्रहरुको अभिव्यक्ति नै जिम्मेवार छ । सबै राज्यहरुको लिखित घोषणा पत्रहरुमा कुनै पनि जाति-बिशेषको बिरोधमा नभएको थाहा पाऊँदा पाऊदै, आदिवासी जनजाति बिरुद्ध केहि बाहुन-वादि समुहहरुले उग्र अभिब्यक्ति दिनु पनि जिम्मेवार छ । फलत सामाजिक सद्भाव खलल गर्ने तत्वहरुवाट चर्को आक्रोश, लाञ्छना र घृणा पैदा गर्ने खालका काम पनि भइरहेका छन । यो संघियता बिरोधि हालीमुहाली वर्गहरूको संकुचित षडयन्त्र हो । पहिचानको अधिकारको आन्दोलनमा उक्त उल्लेखित प्रकारका दंगाहरु यदि पहिचान सहित राज्य नभएको खण्डमा त हुन पनि सक्ला, त्यति मात्र नभै छुट्टै स्वाधीन देशको पनि माग अगाडि नबढ्ला भन्न सकिन्न

1. मानिसहरुको सामाजिक विकास क्रममा ढुङ्गे युगवाट कविला, जाति हुँदै अनि बिभिन्न जातिहरु मिलेर राष्ट्र बन्ने कुरा सामाजिक प्रकृयाको सिद्धान्तमा पाइन्छ र त्यस पछि आ-आफ्नो सिमाना तोडेर अन्तरराष्ट्रिय एउटै गाऊँ सम्म सोच्न पुग्छन । यो बिकास क्रम समय... र मानिसहरुमा हुने मानसिकता मनस्थिति एवं भावना संग संवन्धित छ । हाम्रो देशको अवस्था अहिले जातिय तहमा छ । त्यसैले कुनै पनि बिकसित मुलुक बिकसित मनस्थितिको कथा सुनेर त्यसको पछि लाग्नु त त्यहाँ पानि पर्दा नेपालमा छाता ओढ्नु हो । मानविय चेतनाले उ स्वावलम्वी, आत्म-सम्मान आफ्नो परिचयका साथ जिवन गुजार्न मन पराउने प्राणी हो । त्यसैले स्वावलम्वी हुनु, आत्म-सम्मान हुनु, आफ्नो परिचयका साथ बाच्न पाउनु उसको नैसर्गिक अधिकार हो । यो अधिकारको कुरालाई बङ्ग्याएर जातिय भन्नु उचित होइन 2. आदिवासी भनेको ऐतिहासिक पहुँचमा नै कुनै क्षेत्र वा ठाऊँ वा इलाकामा भएको पहिलो मानव बसाई गर्ने जाति हुन । यि जातिले त्यो क्षेत्र वा ठाऊँ वा इलाकालाई मानव बस्ति बस्न योग्य बनाउन अनेकौं किसिमका कष्ट एवम योगदान गरेका छन । पछि मानव बस्ति योग्य भैसकेपछि अरु जात-जातिको आगमन, प्रवेश, कुनै बेला जवर्जस्ती कब्जा र अनेकौं कारणहरुवाट अहिले सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा कुनै वा सबैमा पछाडि परेका जात-जाति हुन । यिनिहरुको योगदानको कदर गर्दै उनिहरुको रक्षा र प्रबर्धनको लागि आई. एल. ओ. १६९ सम्मेलनमा र यू. एन. डि. पि. को छुट्टै दस्ताबेज पारित भएका छ्न ।जसमा प्राकृतिक स्रोत र साधनमा अधिकार, स्वशासन, आत्म-निर्णयको अधिकार, सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा उथ्थान र प्रबर्धनको अधिकार सम्बन्धि ब्याख्या गरेको पाइन्छ । 3. आई.एल.ओ. महासन्धि नं. १६९, नेपाल सरकारले यसलाई २०६४ सालको हिउँदे अधिवेशन मार्फत पारित गरेर यो महत्वपूर्ण अभिसन्धि यहि २०६५ भदौ २९ गते देखि नेपालमा लागु भइसक्यो।नेपाल सन्धि ऐन, २०४७ (दफा ९) मा नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानून संग बाझिएमा सो सन्धिको प्रयोजनको लागी बाझिएको हदसम्म प्रचलित कानून अमान्य हुने र त्यस सम्बन्धमा सन्धिको व्यवस्था लागु हुने प्रावधान भएको हुनाले महासन्धि नं. १६९ का प्रावधानहरु नेपाल कानून सरह हुनेछ र नेपालका कानूनी प्रावधानसंग बाझिएका महासन्धिमा उल्लेखित प्रावधान नै लागु हुनेछ। 4. नाइजेरिया र इथिओपियामा समयमा सम्बोधन नगर्नुको परिणाम हो किनकि युद्ध भैसकेपछि रोक्न धेरै गाह्रो कुरा हो । हामी आई.एल.ओ. महासन्धि नं. १६९ कार्यान्वयनको कुरा गर्दैछौं*

त्यसैले केन्द्र र प्रदेश, प्रदेश-प्रदेश तथा स्वायत्त इलाका अथवा कुनै पनि विषयमा विवाद भयो भने त्यसको समाधानको लागि संघीय व्यवस्थापिकामा सिफारिस गर्न एक अन्तर प्रादेशिक परिषद् व्यवस्था गरिएको छ । जसको अध्यक्षमा कार्यकारी प्रमुख र सदस्यहरुमा संघीय गृहमन्त्री, संघीय अर्थमन्त्री, र प्रदेशका प्रमुखहरु रहने छन् । त्यस्तै अन्तर प्रादेशिक परिषद्बाट सिफारिस भएर आएका वा संघीय व्यवस्थापिकाले आवश्यक ठानेका विषयलाई संघीय व्यवस्थापिकाको बैठकमा छलफल गरी समाधान गर्न सकिन्छ । संघ र प्रदेश, एक प्रदेश र अर्को प्रदेश, प्रदेश र स्थानीय तह, एवं विशेष संरचनाबीच संविधानद्धारा सूचिकृत अधिकारको विषयमा वा संवैधानिक व्याख्याको विषयमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण गर्ने अधिकार संवैधानिक अदालतलाई हुने, सो अदालतमा एक जना अध्यक्ष सहित पाँच जना सदस्य रहने व्यवस्था गर्न सकिन्छ । त्यसैगरी महत्वपर्ूण्ा र जटिल विषयमा देशभरि वा प्रदेशभित्र जनमतसंग्रह गर्न सकिनेछ भने दर्ुइ पक्षिय वा बहुपक्षिय वार्ता, मेलमिलाम, समन्वय केन्द्र र मध्यस्थता जस्ता विवाद समाधानका वैकल्पिक प्रकृयाहरु अवलम्बन गरिने प्रस्ताव गरिएको छ । जुन निक्कै महत्वपर्ूण्ा र सचेततापर्ूवक ध्यान दिइएको विषय हो भन्ने लाग्छ ----- बोमलाल गिरी*

रल्याण्ड, अष्टे्रलिया, जर्मनी, रुस, भारत, मलेसिया, क्यानडा, ब्रजिल, नाइजेरिया, अर्जेन्टिना, अष्ट्रिया, इण्डोनेसिया, मेक्सिको, इथियोपिया, पाकिस्तान, दक्षिण कोरिया, स्पेन, भेनेजुएला जस्ता मुलकु हाल संघीय शासन प्रणालीमा चलिरहेक...ा छन् । यदाकदा संघीयतामा जाँदा देशै टुक्रिने हवला पनि दिइन्छ । तर संघीय पद्धति भएका मुलुकहरुको अनुभवले त्यस्तो देखाउँदैन । हुनत माली, वेन्टण्डिज, क्याम्रुन, चेकोस्लोभाकिया युगाण्डा, युगोस्लोभाकिया जस्ता राष्ट्रहरु संघीय शासन पद्धतिको अनुभव गरेर पनि एकात्मक शासन प्रणालीमा फर्केका छन्् । सुडान, इथियोपिया, नाइजेरिया, बेल्जिएम जस्ता मुलुक यो वर्गमा पर्छन । तर त्ाी मुलुकहरुको सामाजिक, सांस्कृतिक, भौगोलिक परिस्थिती र नेपालको परिस्थिती मिल्दैन । २ सय ४० वर्षेखि एकात्मक शासनबाट थिचिदै, उत्पिडन र उपेक्षामा रही असमान विकास, वितरण तथा सामाजिक, आर्थिक, राजनीतिक असमानता खेप्नु परेको विवसताबाट मुक्ति पाउनका लागि नै संघियताको बहस शुरु भएको हो । युगोस्लोभाकिया संघीय शासन पद्धतिबाट विभाजन भयो । तर हिजोको संघीय युगोस्लोभाकिया लोकतन्त्रको मूलय, मान्यता, र पद्धतीमा बनेको थिएन । यदि त्यहाँ लोकतान्त्रिक पद्धती भएको भए नटुक्रिन पनि सक्थ्यो । भारतमा संघीयता छ । भारतले शुरुदेखि नै पृथकतावादी समस्या खेपिरहेको छ । तर आज ६४ वर्षम्म्ा पनि भारत टुक्रिएको छैन । बरु भारतको अखण्डतालाई संघीयताले नै जोगाइराखेको छ । अथार्थमा संघीयता अलग अलग भएकाहरुलाई एक ठाउँमा ल्याउने सिद्धान्त हो भन्दा पनि हुन्छ । यसले अलग हुन चाहनेहरुलाई पनि अलग हुनु नपर्ने अवस्था सृजना गरिदिन सक्छ र सक्नु पर्छ । संघीय प्रणाली भएका २८ देशमध्ये इथियोपिया बाहेक अरु कुनै पनि देशको संविधानले छुट्टनि पाउने अधिकार दिएको छैन । अहिललेसम्म मधेस केन्द्रीत केही राजनीतिक दलले आवेशमा आएर सिङ्गो मधेस एक प्रदेशको माग गर्नु बाहेक कुनै पनि जिम्मेवार दल वा समूहले देशै टुक्राउने कुरा गरेका छैनन् । यो राम्रो पक्ष हामीसँग छ । त्यतिले पनि भएनछ भने नयाँ घर बनाए जस्तै एकात्मकमा फर्केने नि- ----- बोमलाल गिरी

साँस्कृतिक र भाषाको कुरा, यो त हात बाँधेर खा भन्ने जस्तो अबस्था छ। कुनै जाति बिषेशको भाषा, संस्कृति र पहिचान र रहनसहन को बारेमा त्यहि जाति बिषेशको मानिसलाई धेरै थाहा हुने कुरामा शंका नहोला । त्यसैले भाषा, संस्कृति र पहिचान र रहनसहनको उथ्थानको लागि सरकारी स्तरमा नितिगत सुरक्षा, प्रबर्धन अनि अर्थको विनियोजन एवं निर्णय गर्ने तहमा त्यहि जाति बिषेशको मानिस स्थापित गर्न राम्रो बिकल्प भनेको स्वशासन नै हुन सक्छ । पहिचानको रक्षार्थ अधिकारको कुरा गर्दा कसरी जातीय हुने भयो त ।" साँस्कृतिक र भाषाको कुरा, यो त हात बाँधेर खा भन्ने जस्तो अबस्था छ। कुनै जाति बिषेशको भाषा, संस्कृति र पहिचान र रहनसहन को बारेमा त्यहि जाति बिषेशको मानिसलाई धेरै थाहा हुने कुरामा शंका नहोला । त्यसैले भाषा, संस्कृति र पहिचान र रहनसहनको उथ्थानको लागि सरकारी स्तरमा नितिगत सुरक्षा, प्रबर्धन अनि अर्थको विनियोजन एवं निर्णय गर्ने तहमा त्यहि जाति बिषेशको मानिस स्थापित गर्न राम्रो बिकल्प भनेको स्वशासन नै हुन सक्छ । पहिचानको रक्षार्थ अधिकारको कुरा गर्दा कसरी जातीय हुने भयो त|

संघियतामा रक्षा मामिला, पर-राष्ट्र मामिला र मुद्रा मामिला केन्द्रिय सरकारको हुने भएपछि देश टुक्रिन्छ भन्नु आफैमा लङ्डो तर्क, लङ्डो जिद्दि मात्र हो, जुन पूर्ण रुपमा असत्य र भ्रम हो । हजारौं पटक, लाखौं पटक झुठो कुरालाई रट्दैमा सत्य हुने होइन । यो कुरा सबैले बुझेका छन । मानिसहरुको सामाजिक विकास क्रममा ढुङ्गे युगवाट कविला, जाति हुँदै अनि बिभिन्न जातिहरु मिलेर राष्ट्र बन्ने कुरा सामाजिक प्रकृयाको सिद्धान्तमा पाइन्छ र त्यस पछि आ-आफ्नो सिमाना तोडेर अन्तरराष्ट्रिय एउटै गाऊँ सम्म सोच्न पुग्छन । यो बिकास क्रम समय... र मानिसहरुमा हुने मानसिकता मनस्थिति एवं भावना संग संवन्धित छ । हाम्रो देशको अवस्था अहिले जातिय तहमा छ । त्यसैले कुनै पनि बिकसित मुलुक बिकसित मनस्थितिको कथा सुनेर त्यसको पछि लाग्नु त त्यहाँ पानि पर्दा नेपालमा छाता ओढ्नु हो । मानविय चेतनाले उ स्वावलम्वी, आत्म-सम्मान आफ्नो परिचयका साथ जिवन गुजार्न मन पराउने प्राणी हो । त्यसैले स्वावलम्वी हुनु, आत्म-सम्मान हुनु, आफ्नो परिचयका साथ बाच्न पाउनु उसको नैसर्गिक अधिकार हो । यो अधिकारको कुरालाई बङ्ग्याएर जातिय भन्नु उचित होइन

मानिसहरुको सामाजिक विकास क्रममा ढुङ्गे युगवाट कविला, जाति हुँदै अनि बिभिन्न जातिहरु मिलेर राष्ट्र बन्ने कुरा सामाजिक प्रकृयाको सिद्धान्तमा पाइन्छ र त्यस पछि आ-आफ्नो सिमाना तोडेर अन्तरराष्ट्रिय एउटै गाऊँ सम्म सोच्न पुग्छन । यो बिकास क्रम समय... र मानिसहरुमा हुने मानसिकता मनस्थिति एवं भावना संग संवन्धित छ । हाम्रो देशको अवस्था अहिले जातिय तहमा छ । त्यसैले कुनै पनि बिकसित मुलुक बिकसित मनस्थितिको कथा सुनेर त्यसको पछि लाग्नु त त्यहाँ पानि पर्दा नेपालमा छाता ओढ्नु हो । मानविय चेतनाले उ स्वावलम्वी, आत्म-सम्मान आफ्नो परिचयका साथ जिवन गुजार्न मन पराउने प्राणी हो । त्यसैले स्वावलम्वी हुनु, आत्म-सम्मान हुनु, आफ्नो परिचयका साथ बाच्न पाउनु उसको नैसर्गिक अधिकार हो । यो अधिकारको कुरालाई बङ्ग्याएर जातिय भन्नु उचित