आदिवासी जनजातिको समर्थनमा राखिएको सामाग्री पढ्न वा कपि गर्न वा बाँड्न खुल्ला राखिएको छ ।
सामाग्री थप्न र राख्न चाहने ब्यक्तिले इमेल गर्नु होला ।
Please note and email to : hakubauchha.1234@blogger.com for posting on this Home Page. Tittle should be placed in the subject and contents in the body.
Pages
▼
Thursday, June 14, 2012
जानकारीको लागि धन्यवाद ! माफ गर्नु होला, म किन पर्दा भित्र लुक्नु पर्यो र ! म कुन दर्शनमा बिश्वास गर्छु त्यो सरोकारको बिषय कसरि भयो यो कुरा बुझ्न सकिएन । मेरो आस्था बिश्वास अनुसार तपाईको उत्तर त्यसरि नै अनेकौं रुप धारण गर्ने त होइन होला । १. तपाईको ब्याखाले जातिलाई भौतिकवाद दर्शनले स्वीकार गर्दैन भन्ने बुझीयो, यो सामन्त बर्गले शोषण गर्न जाल झेल गरेको अभिप्राय राखेको जस्तो मानें । तर खुलाएर तर लेख्न कञ्जुस्याईं गर्नुभो । ब्यबहारमा जातिहरुको औचित्य छ र यो सामन्त बर्गले शोषण गर्न जाल झेल गरेको हुन सक्छ तर यसको औचित्य नकार्ने ठाऊँ छैन । अव आदिवासीको प्रसंग जोडेर कुरा गरौं, आदिवासी भनेको ऐतिहासिक पहुँचमा नै कुनै क्षेत्र वा ठाऊँ वा इलाकामा भएको पहिलो मानव बसाई गर्ने जाति हुन । यि जातिले त्यो क्षेत्र वा ठाऊँ वा इलाकालाई मानव बस्ति बस्न योग्य बनाउन अनेकौं किसिमका कष्ट एवम योगदान गरेका छन । पछि मानव बस्ति योग्य भैसकेपछि अरु जात-जातिको आगमन, प्रवेश, कुनै बेला जवर्जस्ती कब्जा र अनेकौं कारणहरुवाट अहिले सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा कुनै वा सबैमा पछाडि परेका जात-जाति हुन । यिनिहरुको योगदानको कदर गर्दै उनिहरुको रक्षा र प्रबर्धनको लागि आई. एल. ओ. १६९ सम्मेलनमा र यू. एन. डि. पि. को छुट्टै दस्ताबेज पारित भएका छ्न । जसमा प्राकृतिक स्रोत र साधनमा अधिकार, स्वशासन, आत्म-निर्णयको अधिकार, सामाजिक , आर्थिक, राजनैतिक, साँस्कृतिक, भाषिक क्षेत्रमा उथ्थान र प्रबर्धनको अधिकार सम्बन्धि ब्याख्या गरेको पाइन्छ । जाति-जनजाति ( ईथ्नीसीटी) हरु पनि समाजमा देखिन्छन यिनिहरु भनेका ईतिहास, भाषा, संस्कृति, धर्म, भूमी क्षेत्र र राष्ट्र, देश मध्ये कुनै एक वा एक भन्दा बढि साझा भएका समुदाय भन्ने मेरो बुझाई हो । यिनिहरुको औचित्यको प्रमाणित गरि राख्नु पर्ने छैन । यो समुदाय मध्ये अरुको औचित्य तपाईको ब्याख्यामा दर्शनले स्वीकार गरिएन तर अचम्म साझा राष्ट्र, देश हुने समुदायलाई भने स्वीकार गरिने देखिएको छ । राष्ट्र राष्ट्रलाई एक एक समुदायको रुपमा स्वीकार गरिने तर त्यसैको अरु समुदायहरु आदिवासि, जनजाति र जातिहरुको औचित्य स्वीकार नगर्नु तर्क संगत हुने कुरा भएन । २. भावना र भावना संग संबन्धित कुराहरुलाई पानि संग तुलना गर्नु भयो भन्नु भयो यसको स्वाद छैन यसको रंग छैन । त्यसैले यसको औचित्य को मतलब हिने कुरै भएन वा औचित्य हुन्न । यसमा मेरो भनाई यस-प्रकार छ कुनै पनि भावना भौतिक औचित्यलाई मानविय ईन्द्रियहरुले थाहा पाउन असमर्थ हुँदैमा औचित्य छैन भन्नु तर्क संगत होइन । किनकि हामीले यसलाई महसुस गर्न सकिने कुरा हो । अनि अर्को कुरा यि भावनाहरुलाई देख्न नसके पनि हामी यि भावनाबाट प्रेरित भएर गरिने काम कारवाहि अनि काम-कारवाहिवाट निस्केका भौतिक बस्तु पनि देख्न सकिन्छ । जस्तै कुनै राष्ट्रवादिले राष्ट्रियताको भावनावाट प्रेरित भएर राष्ट्रियताको वारेमा कविता लेख्न सक्छ, लेख लेख्न सक्छ । यि कविता लेखहरु हुन भौतिक-भावना जसलाइ हामी राम्ररि देख्न सक्छौं । तपाई यहाँ आफ्नो शब्दहरु खन्याऊँदै हुनुहुन्छ यो पनि तपाई भौतिक-भावना नै हो । जो जो यो समुहमा केहि न केहि लेख्छन त्यो सबै भौतिक-भावनहरु हुन । त्यसैले पानिको फोका जस्तो औचित्य भनिएको भावनालाई मेरो सुझबुझले स्वीकार गर्ने अवस्था छैन । कुनै पनि राष्ट्रको औचित्य स्वीकार गर्ने कुनै पनि सिद्धान्त व दर्शनले भावनालाई पनि स्वीकार्नु पर्छ । मलाई जानकारि बढि छैन बरु मैले बुझ्ने कुरामा अलि कमी कमजोरि हुन सक्ला । नवुझेको कुरा वुझाईदिन आग्रह छ । धन्यवाद !
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।