Tuesday, June 26, 2012

बाहुनबाद के हो र यसलाइ किन बाहुनबाद भनिएको हो?


मधेशी हरूलाई काठमाडौं आउन को लागि भिसा को बेवस्था गरिएको थियो जब कि भारतिय

हरूलाई भिसा को आवस्यक्ता पर्दैन थियो। मधेशी हरूलाई आर्मी मा केवल कपाल काट्ने, दार्ही

बनाउने, भान्छामा काम गर्ने हरूको रूपमा मात्र भर्ना गरिन्थ्यो जुन नेपाल गणतन्त्र भाई सके

पछि मात्र फेरियो। मधेशीहरू माथी उनिहरुको इच्छ्या नहुदा नहुदै पनि जबर्जस्ती नेपाली भाषा


लादियो, उनिहरुको भाषा लाई कुनै पनि हिसाबले काम काजमा ल्याउन दीइएन। हामि हाम्रो

भाषालाई माया गर्छौ, अब हामी उनिहरुको खुट्टामा उभिएर सोचौ उनिहरुलाई कस्तो पिडा भयो

होल। नेपाली भाषा राष्ट्रको मुख्य भाषा भए पनि स्थानिय स्तर मा अरु भाषा लाई पनि मान्यता

दिएको भए उनिहरुले आज उपनिबेश जस्तो फील गर्दैन थिए.


अझै पनि हेर्नुहोस् मधेशी हरूलाई पहाडी समाजले वास्तविक नेपाली को रूप मा स्वीकार गरेको

देखिदैन, अझै पनि मधिशे, मर्स्या, सिसी-बोतल, धोती, भैया, ईण्डियन भनेर हेय को दृष्‍टि

ले हेरिन्छ । 'तरकारी मधेशी सँग किनिस की नेपाली सँग किनिस' जस्ता भनाइहरू अझै पनि

सुनिन्छ, पहाडमा पनि र मधेषमा पनि।


एकातिर system बाट discrimination भएको छ भने आर्को तिर सामाजिक रूप मा पनि

discrimination भएको छ। एक जना मधेशी मित्र ले 'हामीलाई नेपाली हुने मौकै दीइएन'

भनेर दुखेसो पोख्नु भयो म संग।


अब हुनत लोकतन्त्र आयो, गणतन्त्र आयो, कानुनको हिसाबले सबै समान भैसके, बिस्तारै

समाज परिवर्तन होला, मान्छे educated होलन्, मान्छेको attitude change होला भन्ने

तर्क आउला तर जुन हिसाबले उनिहरु एउटा घाऊ लिएर बसेका छन्, सम्पूर्ण मधेशी समुदाय,

त्यो घाउ त यत्तिकै निको हुने वाला छैन। उनिहरु भाषिक र छेत्रगत हिसाबले पीडित भएको

कारणले गर्दा संघियताको चर्को माग राखेका हुन ताकि उनिहरु 'हामी मधेशी भए पनि नेपालकै

हौ' भन्न सकुन् र आफ्नो भाषालाई पनि नेपाली सरह नै आफ्नो राज्य मा प्रयोगमा ल्याएर

सम्मान दिन सकुन्।