Tuesday, August 28, 2012

.ईश्वर, भगवान, धर्म, कानून संग संम्बन्धित मेरो बिचार

एउटा बहसबाट उद्धृत अंश....ईश्वर, भगवान, धर्म, कानून संग संम्बन्धित मेरो बिचार 

भगवान र ईश्वर भनेको एउटै होइनन । यो शब्दमा धेरैलाइ भ्रम छ । यो प्रश्न यो अर्थमा गलत छ, यसले भगवानको बारेमा छ वा छैन भन्ने कुरा गरेको छ, हुन सक्छ, ईश्वरको अस्तित्वको बारेमा कुरा उठाएको पो हो कि ।

भगवान भनेको शब्द बिश्वमा महा-मानव जो साधारण मानव भन्दा धेरै माथिको स्तरमा पुगेको, मानव समाजको लागि धेरै ठुलो योगदान पु-याएको
, मार्गदर्शन गरेका ब्यक्तित्वहरु हुन । कसै कसैले यो अवस्थालाई "सिद्ध" वा इनलाइटमेन्ट अवस्था पनि भनिन्छ । यस्ता ब्यक्तित्वहरु संसारमा धेरै छन । उनिहरु जन्मेका छन, उनिहरुको मृत्यु भएको पनि छ ।

अव ईश्वरको कुरा गर्ने हो भने यसलाई शक्ति वा महा-शक्ति भनिन्छ, यो उर्जा हो । बिज्ञानले उर्जाको न जन्म हुन्छ, न त मृत्यु हुन्छ भन्छ, उ त मात्र एक वाट अर्को प्रकारको उर्जामा परिणत हुन्छ र नियमित प्रकृया हो । धेरै अझै मानिसको पहुँच भन्दा बाहिर छ । ईश्वरको लीला भनिन्छ ।
यस अर्थमा ईश्वरको अस्तित्व छ, यसलाइ बुझ्न नसक्नु नै दुर्भाग्य हो |

सामाजिक चेतनाको विकास नभएको वेलामा परापूर्वकालमा कानून नभएको अवस्थामा धर्मलाई कानूनको रुपमा प्रयोग गरिने, यसको आवश्यकता र उत्पत्ति पनि नियम कानूनको परिपूर्तिको रुपमा भएको भन्ने कुरालाइ अस्वीकार गर्ने ठाऊँ छैन । कानूनले अपराध, गल्ति गर्नेलाई दण्ड सजाय पनि तोकेको हुन्छ भने धर्मले गलत के हो ठिक के हो भन्ने आत्म-बोध, ज्ञान गराउने माध्यम हो । दण्ड सजाय दिन नसके पनि एउटा शक्ति छ, त्यसले दण्ड सजाय दिन्छ भनिन्थ्यो । भौतिक रुपमा दण्ड सजाय दिने पछि धर्म गुरुहरुको बिचारको उपज भन्ने मेरो सोच छ । धर्मको नाममा टाठा बाठाहरुले फाइदा लिएको कुरा शत-प्रतिशत सहि हो । कानून बने पनि धर्म भन्ने कुराको औचित्य पूर्ण रुपमा नष्ट भएको भन्ने कुरामा म सहमत छैन ।

संवत बारेमा सामान्य जानकारी

संवत भन्नाले समय, मिति टिपण गर्न बनाइएको समय मापण बिधि हो ।
बिश्वमा ३ किसिमका संवत पाइन्छन ।
१. चन्द्र स्थानमा आधारित 
२. सूर्य स्थानमा आधारित
३. सौर्य-चन्द्र स्थानमा आधारित 

पहिलो प्रणालि सबभन्दा पुरानो बेबिलोन सभ्यतामा पनि प्रयोग गरेको भनिन्छ । मुस्लिम संवत यो प्रणालि अवलम्बन गर्छन । दोश्रो छ बिक्रम संवत, इस्वी संम्वत आदि । तेश्रो छ नेपाल संबत, शाक्य संम्वत ।
एकै प्रणालिमा नयाँ बर्ष शुरु हुने दिन फरक भैकन धेरै संवत हुन सक्छ ।

बिक्रम संवत ईस्वी जस्तै पूर्ण सौर्य संवत हो र यो सूर्यको स्थान नयाँ राशिमा प्रवेश गरे अनुसार महिना परिवर्तन हुन्छ । महिनाहरुको लम्बाई सर्व साधारणलाई थाहा नहुने नै यसको मूल समस्या हो । फेरि बैशाष १, बर्षको शुरुवाट सूर्य स्थान बृष राशिको प्रवेश संगै हुनु पर्नेमा यो प्रणाली मान्नेहरु बिभिन्न संबतहरुमा पनि बैशाक १, एकैदिन नपर्नु आश्चर्यको बिषय पनि हो । दक्षिण भारतको केरलाबासी "विशु" , बंगाल भाषी "बैशाषी" भन्ने गर्छन ।

नेपाल संम्बत सौर्य-चन्द्र आधारित सम्बत हो । भारतमा यस्ता संवत धेरै छन चैत्रमा नयाँ बर्ष शुरु हुन्छ । कुनैले कृष्ण-पक्षमा महिना शुरु गर्छ त कुनैले शुक्ल पक्षमा । यो प्रणालिमा महिनाको नाम सूर्यको स्थान कुन राशीमा छ त्यो बमोजिम हुन्छ भने दिन गन्ने प्रकृया र महिनाको लम्बाइ तिथिमा हुन्छ अर्थ चन्द्रमा स्थान अनुसार । सूर्यको चन्द्रको बर्षमाहुने फरक ३ बर्षमा १ महिना थपेर मिलान गरिन्छ ।

जहाँसम्म नेपाल संबतको कुरा छ, यो पनि कुनै यस्तै प्रणालिै अवलम्बन गरि नयाँ बर्ष शुरु हुने दिन र महिनाको नाम परिवर्तन गरिएको हो ।

यल संम्वत र अरु चिनीया संम्वतमा आधारित जातिय संम्वतहरुको बारेमा मेरो ज्ञान धेरै नै कम छ तैपनि यल संम्वत र अरु चिनीया संम्वतमा आधारित जातिय संम्वतहरुको मौलिकता माथि प्रश्न चिन्ह राख्नु राम्रो होइन

Sunday, August 26, 2012

नेवार, नेवाल, नेपार, नेपाल.............

नेवार, नेवाल, नेपार, नेपाल पर्यायवाचि शब्द भन्ने इतिहासविदहरुको भनाई छ । यसले नेपाल र नेवार बिचमा गहिरो संम्बन्ध रहेको प्रष्ट्याउँछ । एक नेवार श्रद्देय प्राज्ञिक ब्यक्तित्व दया रत्न शाक्य दाजुको अनुसार नेवारसंग नेपालको सम्बन्ध बिच्छेड गर्नको लागि नेवार भाषालाई नेवारी भनियो, यदि व्याकरण अनुसार भनिएको हो भने तामाङ भाषालाई तामाङी, गुरुङ भाषालाई गुरुङी, मगर भाषालाई मगरी, खस भाषालाई खसी भनिनु पर्थ्यो ।
 अर्कोतिर खस भाषालाई नेपालसंग संम्बन्ध जोड्न नेपाली नामाकरण गरियो । अरु सबै भाषालाई अ-नेपाली नै ब्यवहार गरियो ।

नेपालको एक मात्र संवत "नेपाल संवत" जुन देशको नाममा छ र त्यसमा गौरव हुनु पर्नेमा, यसलाइ नेवारको संवत भनेर मान्यता दिन कञ्जुस्याँई गरिएको थियो । धेरै संघर्ष, आन्दोलन पश्चात मान्यता प्रदान गरियो ।

संयुक्त राष्ट्र संघमा नेपालको मौलिक लिपिको रुपमा भने नेवार लिपि जसलाई रञ्जना लिपि भनिन्छ, राखेर नेपालले सदस्यता लिएको कुरा कसैले लुकाएर लुकिने होइन ।

पहिचान - सामर्थ्य र संघियता :

पहिचान :
-----------
"पहिचान" भनेको यस्तो मूलभूत चिनारी हो जो कुनैपनि अरु भौतिक वातावरण संग परिवर्तन हुन्दैन ।

राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनःसंरचना गर्ने उल्लेख छ ।

पहिचानका आधारमा पाँच आधार जातीय, भाषिक, साँस्कृतिक, भौगोलिक अथवा क्षेत्रिय निरन्तरता, ऐतिहासिकता छन |

त्यसैले, हामी र हाम्रो पहिचान हिमाली, पहाडि, मधेसि मा मात्रै सिमित 
छैन यो कुरा बुझ्नु जरुरि छ । हामी हिमाली, पहाडि, मधेसि मा पनि गर्व गर्छौं, हामी नेपालि हुनुमा पनि गर्व गर्छौं र साथ साथै हामी ऐतिहासिक लिम्बुवान, खुम्वुवान, शेर्पा, नेवाः, मगरात, तमुवान, ताम्सालिङ, थरुवान, मिथिला आदि इत्यादिहरुमा पनि गर्व गर्छौं ।

---------------------------------------------------

सामर्थ्य:
---------
"सामर्थ्य" भनेको उच्चतम विकास, उत्पादन गर्ने क्षमता हो जुन विशेष गरिकन मानविय संसाधन, मानविय विवेक, प्रविधि र धेरै भौतिक कुराहरुमा निर्भर रहन्छ, जस्तै भौतिक सुगमता, प्राकृतिक श्रोत र साधनमा आदि । त्यसमा पनि मानव संसाधनको भूमीका प्रमुख रहन्छ । किनकि सुन खानी छ भन्दैमा आफै सुन खानीवाट बाहिर निस्कने होइन । मानव संसाधनको जति बढि उपयोग भयो त्यहि अनुपातमा त्यहि सापेक्षमा सामर्थ्य पनि बढ्दै जाने हो बाँकि भौतिक कुराहरु र प्राकृतिक श्रोत साधन त सहयोगी मात्रै हुन ।

----------------------------------------------------

संघियता :
-----------
"संघियता" शब्द संघबाट आएको प्रष्ट बुझिन्छ । संघियता बिभिन्न सहशासन (प्रदेश सरकारहरु ) र साझा शासन (केन्द्र सरकार ) बिचमा संबैधानिक करार - संम्झौता गरिकन गरिने शासन ब्यवस्था हो भन्ने बुझिन्छ । यसमा सबै सरकारहरुको अधिकार दायित्व छुट्ट्याएको हुन्छ । संघियता बिभिन्न छुट्टाछुटै देशहरु आपसमा मिलेर पनि बन्छ भने यो एउटै देशको बिभिन्न जातिहरु आआफ्नो छुट्टै पहिचान राख्दै नछुट्टिकन संगै बस्न पनि एकात्मक शासन ब्यवस्थाबाट संघियता जान्छ । हामीहरु एकात्मक शासन ब्यवस्थाबाट संघियतामा जान गैरहेका छौं ।

संघियताको न्यूनतम फाईदाहरु :
१. Stay together सिद्धान्त अनुसारको संघियता निर्माण हुने भएकोले देश टुक्रिनुबाट बचिन्छ ।
२. आफ्नो भाषा, संस्कृतिको बिकास, प्रबर्धन हुने भएकोले आफ्नो भूमीमा आफ्नोपनको बिकास हुने हुन्छ ।
३. राष्ट्रियताको एकाई (ऐतिहासिक, जाति, भाषा, संस्कृति आदि पहिचान) को जराबाट बलियो राष्ट्रियता रुपि रुखको निर्माण हुने ।
४. बहु-भाषा, बहु-जातिय, बहु-साँस्कृतिक र धेरै बिबिधता भएको मुलुकमा संघियताले सबैको भावना समेटिने हुनाले उपयुक्त मानिन्छ ।
५. जातिगत , भाषागत असमानता, बिभेद, एकाधिकारको अन्त्य समानताको अनुभुति हुने ।
६. राज्यको शासकीय शक्तिको संबैधानिक सुनिश्चताको साथ बिकेन्द्रिकृत बाँड-फाँटले शक्ति जनताको नजिक र सुनिश्चत हुन्छ ।
७. राज्यमा भएका सिमित बर्गको राजनैतिक बर्चश्व समाप्त हुने र सबैको पहुँचको सुनिश्चता हुने हुन्छ ।
८. कथम कदाचित बन्द, हड्ताल भएमा सरोकारवाला प्रदेशमा मात्रै असर हुने हुन्छ, पुरा देशमा नकरात्मक असर हुनबाट बचिन्छ ।
९. दिगो शान्ति र राजनैतिक स्थिरता विना देशको विकास सम्भव हुन्न । संघियताले दिगो शान्ति र राजनैतिक स्थिरता ल्याउने हुनाले दिगो देशको विकास हुन्छ ।
१०. अन्तरराष्ट्रिय अधि-सन्धि आई. एल. ओ. १६९ मा नेपालले अबलम्बन गर्ने गरि पास भैसकेकोले यसको कार्यान्वयन पनि हुने हुन्छ ।

Saturday, August 11, 2012

नेपालको उग्रराष्ट्रवादको नमुना

नेपालको उग्रराष्ट्रवादको नमुना:

बिद्वानहरुको भनाई छ,
"राष्ट्रवाद भनेको देश प्रति अन्ध मोह हुनु हो
देशभक्ति हुनु भनेको देश प्रति जिम्मेवार बन्नु हो /"

देशभक्तले देशको हानी कहिले पनि गर्दैनन, उनिहरु देशको भलो सोच्छ भने अनि बिदेशको चियो चर्चा पनि गर्दैनन । उग्रराष्ट्रवादले छिमेकीको कुभलो भनेको आफ्नो भलो सम्म सोच्दछन । उग्रराष्ट्रवादले देशको फाइदा नै गर्छ भन्ने छैन, यो अन्धा हुन्छ, यसले अन्धाधुन्ध बिदेशको चियो चर्चा गर्छ ।

उग्रराष्ट्रवाद बिशाल नेपाल, पूर्वमा टिष्टा पश्चिममा काँकडा जितेको बखान गर्न फुर्सद छैन देशमा न्याय, समानता र मानव अधिकारको कुरा गर्दा दाँतबाट पसीना आउँछ । एकल जातिय, एकल भाषा , एकल धर्म-संस्कृति को मात्रै पक्षपाति हुन्छन ।
उग्रराष्ट्रवादको नाममा एक भाषा एक भेष लाड्ने निति र नाराका साथ अगाडि आएका हुन जुन पुर्ण रुपमा हामी जस्तो बहुजातिय देशमा प्रत्युत्पादक नै हो यिनिहरुले बुझेका छैनन ।

उग्रराष्ट्रबादको ब्याख्या अनुसार नेपाल पितापुर्खाले युद्ध गरेर स्वाधिन हुन सफल देश भनेर गर्व गर्नेहरु छन । लड्नेले मरीमेटि नलडेको भन्न खोजिएको होइन । वास्तवमा नेपाल लडेर स्वाधिनताको रक्षा भएको होइन । नेपालको हार नै भएको हो । असमान सन्धि गर्न बाध्य नेपालले धेरै गुमाउनु यस्को प्रमाण हो । अर्को कुरा अंग्रेजको उद्देश्य नेपालको पुरा भूमी जित्नु नभै नेपाललाई बाध्य बनाइ कठपुतलि बनाउनु नै थियो, जुन कुरामा उनिहरु पूर्ण रुपमा सफल भएका थिए । कठपुतलि भएको एउटा उदाहरण जंग बहादुरले भारतको लखनउमा भएको अंग्रेज बिरुद्ध आन्दोलनलाई दमन गर्न नेपालबाट सेना पठाएका थिए । अर्को नमुना ब्रिटिश गोर्खा भर्ति लिन सकिन्छ । राणाशासनकाल कठपुतलि नै भएका थिए । भ्रम पारेर राष्ट्रबाद नाममा शासन गर्ने समुहहरु छन ।

भारत परस्त भयो भन्ने कुराहरु कतिको ठिक कतिको बेठिक, भारत बिरोधि भएर राष्ट्रवाद, राष्ट्रियता देखाउने कुरा कतिको ठिक कतिको बेठिक ? चीन र भारत संग वराबर दूरी राख्नु पर्छ भन्दै गर्दा:
  • १.सवभन्दा पहिलो कुरा भूगोल हेरौं नेपालको उत्तरमा अग्ला अग्ला हिमाल दक्षिणमा छ समथर तराई भुभाग । बराबर दुरी हुन कित उत्तरका अग्ला हिमाललाई समथर गर्नु पर्यो नत्र दक्षिणको समथरमा अग्ला हिमालहरु बनाउनु पर्यो ।
  • २. दक्षिणमा आवतजावत गर्न भिसा पासपोर्ट लाग्दैन उत्तरमा सब लाग्छ । बराबर दूरि गर्न कित उत्तरमा पनि बिना रोकतोक आवत जावत हुन सक्ने हुनु पर्यो नत्र दक्षिणमा पनि पासपोर्ट भिसाको ब्यवस्था हुनु पर्यो ।
  • ३. भाषा, संस्कृति, धर्म दक्षिण संग गहिरो संम्बन्ध छ । बराबर दूरी गर्ने हो भने कित उत्तर संग पनि भाषा, संस्कृति, धर्म गहिरो संम्बन्ध राख्नु पर्यो, नभए दक्षिण संग पनि यो संम्बध हताउनु पर्यो ।
यो त भए अहिले अवस्था यस्मा हाम्रो भौगोलिक स्थितिले यो माथिको कुरालाई स्पष्ट पारेको छ । भूगोलको कारण हामी दक्षिण तिर अलि झुक्न वा नजिकन बाध्य छौं । यो कुरा सबैमा लागु हुन्छ, खाली राजनैतिक मुद्दा बनाएर जनतालाई मूर्ख बनाउनुको केहि तुक छैन । आफु सत्तामा बस्दा यहि कुराहरुले बाध्य हुन्छ, बिपक्षमा हुँदा बिरोध गर्छन । अरु केहि होइन । कसैले लेख्नु भएको कुराहरु हेर्दा अलि पुर्वाग्रहि हुनु हुन्छ कि जस्तो छ किनकि सम्झौता त कोशी, गण्डकि, टनकपुरको पनि बिरोध भएकै हो, अनि एम. आर. पि. (पासपोर्ट) को बिरोध भएर पछि कार्यान्वयन नभएको पनि हो । कहिल नोट छाप्ने कुरा हुन्छ त कहिले के कहिले के । सबैले राजनैतिक पार्टिहरु एक अर्कालाइ दोषी देख्नुको कुनै तुक छैन । खाली बिपक्षमा हुँदा मुर्कि कस्ने सरकारमा जाँदा त्यो मुर्कि आफ्नो गोजीमा राख्ने काम हो । तपाईको काम पनि त्यहि मात्रै हो ।

अर्को कुरा यो माथिको कुरा भन्दै गर्दा केहि प्रतिगमनकारिहरु भन्न थाल्छन । भारतले अतिक्रमण गरेको..." यो सबै राजनैतिक चेतनाको लहरलाई अर्कै दिशामा मोड्न प्रयोग गरिने अस्त्र हो । उग्रराष्ट्रवादिहरु भन्छन अव हामी आन्तरिक राजनितिको कुरा गर्नु हुन्न । उनिहरु अरु बेला भने चुप हुन्छन जब जब राजनैतिक चेतनाको लहर आउँछ उनिहरु यस्ता कुराहरु गर्छन । हामी भनछम हामी आन्तरिक राजनितिको चेतनाको लहरलाई पनि निरन्तरता दिन्छम अनि यस्ता सिमा मिचाईको पनि बिरोध गर्छम ।

समानता को सिद्धान्तमा राष्ट्रियता र एकताको बिकास हुनु पर्छ, एकल जातिय, एकात्मक, केन्द्रिकृत सामन्ति शासन ब्यवस्था केहि तुक छैन । अन्तमा,असमान नेपालीहरुको बिचमा एकता र राष्ट्रवादको मात्रै भजन गाउनु धोका हो । नागरिक समानताको आधारमा एकता र राष्ट्रवादको कुरा नै सार्थक र सत्य हो ।

नामको पछाडि "नेपाली" झुण्ड्याउनेहरुलाई प्रश्न :

नामको पछाडि "नेपाली" झुण्ड्याउनेहरुलाई प्रश्न :
Nationality र Citizenship एउटै हुन त ? Nationality भनको राष्ट्रबासी हुन भने Citizenship भनेको देशबासी वा नागरिक हुन ।

राष्ट्र भनेको जातिको बिकसित रुप पनि भन्न सकिन्छ । तर राजनैतिक सशक्तिकरण बिना जातिलाई राष्ट्र भन्नु ठिक नहोला कि ।

राष्ट्रियतालाई दुइ किसिमले परिभाषित गरेको पाईन्छ ,
१. राष्ट्रियता ( जाति को सदस्य को हैसियतमा आधारित ), यसलाई जातियता पनि भन्ने गरिन्छ । जातियता नै परिवर्तन भएर राष्ट्रियता हुन्छ जहाँ स्वशासन हुन्छ ।

२. राष्ट्रियता ( देशको नागरिकको हैसियतमा ) : यो राष्ट्रियता देशको समान नागरिकको हैसियतमा हुन्छ । यदि कुनै समुदाय, समाजलाई राज्यवाट अन्याय भएको छ , बिभेद गरिएको छ भने यो राष्ट्रियतामा समस्या भएको मानिन्छ ।

हामीलाइ यो भ्रममा पारिंदै छ, हाम्रो Nationality र Citizenship एउटै हुन, हामी जस्तो बहु-जातिय (राष्ट्रिय) मुलुकमा Nationality र Citizenship एउटै भन्नु उचित छ त । हो Nationality र Citizenship एउटै हुन्छ जब एकल जातिय (राष्ट्रिय) राज्य हुन्छ जसलाई राष्ट्र-राज्य (Nation-state) भनिन्छ । जस्तै फ्रान्स र इजराईललाई राष्ट्र-राज्य (Nation-state) भनिन्छ ।

अब कित यिनिहरुले नेपाल बहु-जातिय (राष्ट्रिय) लाई एकल जातिय (राष्ट्रिय) बनाउने मानसिकताले यो प्रेरित हुनु पर्यो नत्र नबुझेर हुनु पर्यो, त्यो पनि होइन भने बुझ-पचाएरै भनेको हुनु पर्यो |

Thoughts of Kumar Lingden 'Mirak' Via Jwajolapa Sakasita

हाम्रो नेपालमा संघीयता बारे एकदमै कम छलफल हुने गर्छ । पढे लेखेका धेरै विद्वानहरू छन् उनीहरू संघीयता बारे छलफल नै गर्न चाहादैनन् । संघीयता बारे उत्सुक एउटा ठूलो जनसमुदाय छ, उनीहरू संघीयता बारे जान्न, बुझन चाहान्छन् । छलफल र बहस गर्न रूचाउँछन् तर उनीहरूले भेऊ नै पाउदैनन् ।

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र Via Jeki Chapcha

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र
Proposed Manifesto of Social Democratic Pluri- National Party


१. नबदलिएको राज्यसत्ताको चरित्र :
तथाकथित उच्च जातबाट नियन्त्रित राज्यले बहुजातीय र बहुभाषिक सामाजिक स्थितिलाई सिद्धान्ततः स्वीकार गरे तापनि विभिन्न जातीय, धार्मिक, सांस्कृतिक, लैङ्गकि, क्षेत्रगत र वर्गीय समुदायबीच समानता दिलाउन सकेका छैनन्, बरु बाहुनवाद, पितृसत्तावाद र...
सामन्तवादको दुष्चक्रलाई नै निरन्तरता दिइरहेका छन । साथै, मुलुकको आर्थिक उन्नति गरी नेपालीहरुलाई राहत दिनुको सट्टा गरीव र धनीवीचको खाडल अझ गहिरो बनाइएको छ । भ्रष्टाचार, कुशासन र मनपरीतन्ले देश आक्रान्त बनाएको छ । एक जात, एक भाषा, एक धर्म, एक संस्कृति, एक लिङ्ग, एक क्षेत्र र एक वर्गको राज्यनीति अहिलेसम्म निरन्तर कायम छ । राज्य पूर्णतया जातिवादी -रेशिष्ट) आधारमा चलिरहेकै छ । आजसम्म गठित सरकारहरुले राज्यको जातिवादी नीति र संस्कृतिलाई ठोस रुपमा निरन्तरता दिइरहेका छन । यी सरकारहरुले कपटपूर्ण समावेशबी नीति अख्तियार गरेर आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, मातृभाषि, अन्य धर्मावलम्बि, महिला लगायतलाई बहिष्करण गरे । त्यसैगरी, यी सरकारहरुले गरीव, विपन्न वग, किसान, मजदुर, भूमिहीन र अन्य सीमान्तकृतहरुको हितमा काम गर्नुको सट्टा उनीहरुको स्थितिलाई झनै कठीन बनाउने काम गरे । उनीहरुले नेपालभित्रका बहुल-राष्ट्रियतालाई सुदृढ बनाउादै लानुको सट्टा थिचोमिचो गर्दै कमजोर बनाउने कार्यमा लागि परे र बाहृय शक्तिसाग आत्मसमर्पण गरी नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई खोक्रो पार्दै नेपालकै प्रतिष्ठालाई धराशायी पारिरहेका छन |


२.जातीय अन्तरद्वन्द र ध्रुवीकरण :
नेपालको इतिहास आदिवासी जनजाति, मधेसी, दलित,मुस्लिम लगायत र शासक जातविचको जातीय अन्तरद्वन्द समय-समयमा सतहभित्र र बाहिर रहने गरी नेपालको राजनीतिको केन्द्र विन्दूमा रहादै आएको छ । १४ जेठ २०६९ मा संविधानसभाको विघटन भएको अवस्थासम्म आइपुग्दा तथाकथित उच्च जातीय एकाधिरवादीको एउटा धु्रव र आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतको अर्को धु्रवमा ध्रुवीकृत भइसकेको अवस्था छ । राजनीतिक दल, निजामती र प्रहरी सेवा, सञ्चार -मिडिया), नागरिक समाज, बौद्धिक क्षेत्रलगायतमा हावी रहेका तथाकथित उच्च जातीय एकाधिकारवादीहरू जातीय पहिचान सहितको संघीयता, आत्मनिर्णयको अधिकार, जातीय र क्षेत्रगत स्वायत्तता लगायतका अहम् मुद्दाहरुको विरुद्धमा उभिएका छन । विगत लामो समयदेखि विश्वभरी नै पहिचानको राजनीतिले सघन रुप लिन थालेको छ । २०४६ र २०६३/२०६३ सालका जनआन्दोलनका साथै २०६३ को मधेसी आन्दोलनले उठाएको पहिचानका मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिवद्ध गर्न बांकि छ । नेपालमा लामो समयदेखि उठिरहेको आदिवासी जनजातिको आन्दोलन, १० वर्षे जनयुद्ध, २०४६ र ०६२/०६३ सालका जनआन्दोलन, २०६९ सालमा उठेको सडक र संविधानसभामा आदिवासी जनजाति आन्दोलनका साथै थरुहट र लिम्बुवान सहितका आन्दोलनले पहिचानको मुद्दालाई स्थापित गर्न लिपिबद्ध गर्न बााकि छ । त्यस्तैगरी लामो समयदेखि उठिरहेका दलित, मुस्लिम, महिला लगायतका आन्दोलन र २०४६ र ०६२/०६३ सालका जन आन्दोलनले उठाएका पहिचानको मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न बााकि छ । संघीयता र पहिचान विरोधीहरुको षडयन्त्रको कारणले यी सबै पहिचानको मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न सकिएन । नेपालमा जातीय अन्तरद्वन्दको साथै लैङ्गकि अन्तरद्वन्द पनि विकराल हुादै आएको छ । पितृसत्तावादले गर्दा महिला र भिन्न यौनिक अभिमुखीकरण भएकाहरु विरुद्ध चरम लैङ्गकि विभेद छ भने महिलाभित्र आदिवासी जनजाति, दलित, मधेसी लगायतका महिलाहरु जातीय र क्षेत्रगत आधारमा थप विभेदको शिकार भएका छन । लैङ्गकि सवालमा पितृसत्ता विरुद्ध सबै महिला एकै भए पनि जातीय र क्षेत्रगत आधारमा विविधता छ । देशमा वर्गीय अन्तरविरोध पनि विद्यमान रहेको छ । मुट्ठीभरको सम्भ्रान्त वर्गले मुलुकको सम्पूर्ण स्रोत र साधनमा शदीयौंदेखि एकलौटी हालिमुहाली गरी लाखौं लाख जनतालाई गरिबीको खाडलमा पारेको छ । केन्द्रीकृत शासन व्यवस्थाले मोफसलका जनताको चाहनालाई नबुझी र आवाजलाई नसुनेर सीमान्तकृत बनाइएको छ । बाहुन क्षेत्रीहरुलाई अन्य समस्या नभए पनि वर्गीय समस्या भने विद्यमान छ । जातीय र लैङ्गकि पहिचानभित्र वर्गीय अन्तरविरोध रहेकाले र वर्गीय भित्र जातीय र लैङ्गकि अन्तरविरोध रहेकाले यी दुबै समस्याहरुले थप जटिलता सृजना गरेको छ ।


३. मुलुकका विद्यमान मुद्दाहरु :
प्रस्तावित पार्टीले अविलम्ब समाधान गर्न मुलुकका निम्नलिखित मुद्दाहरुलाई गम्भीरतापूर्वक लिनेछ।

३.१ आदिवासी जनजातिका प्रमुख मुद्दा ः
  • १. जातीय एकल पहिचान सहितको संघीय गणतन्त्र
  • २.सामूहिक तथा विशिष्ट पहिचान र सामूहिक अधिकार
  • ३. जातीय आत्म-निर्णयको अधिकार
  • ४. स्वतन्ात्र, अग्रीम जानकारी सहितको मञ्जुरी
  • ५. जातीय स्वायत्तता र स्वशासन
  • ६. भूमि, भूभाग र स्रोतमा स्वामित्व र नियन्त्रण
  • ७. प्रथाजन्य कानूनको मान्यता
  • ८. धर्म निरपेक्षता र त्यसको व्यवहारिक कार्यान्वयन
  • ९. भाषिक समानता
  • १०. जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणालीको प्रत्याभूति
  • ११. सकारात्मक विभेद
  • १२. आदिवासी जनजाति महिलाको पहिचान र समान अधिकार
  • १३. धर्मनिरपेक्षताको कार्यान्वयन

३.२. दलितका प्रमुख मुद्दा :
  • १. जातीय आधारमा हुने सबै प्रकारका छुवाछुत र भेदभावको अन्त्य
  • २. छुवाछुतलाई राज्य विरुद्धको अपराध, मानवता विरुद्धको अपराध र गम्भीर सामाजिक अपराधको रुपमा परिभाषित गर्दै यसका
  • अपराधीहरुलाई कडा कानूनी कार्वाहीको प्रत्याभूति
  • ३. स्वतन्त्र र सम्मानपूर्वक बााच्न पाउने अधिकारको प्रत्याभूति
  • ४. नीति निर्णयको तह लगायत राज्यका सबै अंग र तहमा समानुपातिक प्रतिनिधित्व प्रणाली
  • ५. भूमिमा अधिकार तथा सुकुम्वासी र भूमिहीनताको समस्यालाई तत्काल सम्वोधन गरेर उनीहरुलाई आवश्यक भूमि वितरण गरी बासको
  • समेतको प्रत्याभूति
  • ६.सार्वजनिक तथा नीजि क्षेत्रमा समेत रोजगारीको सुनिश्चितता सहितको विशेषाधिकार र ऐतिहासिक क्षतिपूर्ति
  • ७. दलितको परम्परागत सीप र पेशाको आधुनिकीकरण
  • ८. दलित महिला विरुद्ध हुने जातीय र लैङ्गकि लगायतका बहुल विभेदको अन्त्य
  • ९. अन्तरजातीय विवाह विरुद्धको कार्यलाई कानूनी कारवाहीको व्यवस्था
  • १०. उच्च शिक्षासम्म छात्रबृत्ति सहितको निःशुल्क शिक्षाको प्रत्याभूति
  • ११. गरीव तथा विपन्न दलितहरुको स्वास्थ्यमा सुधार ल्याउन बीमा सहितको स्वास्थ्य उपचारको सुनिश्चितता
  • १२. मधेसी दलित विरुद्ध हुने सबै प्रकारको क्षेत्रगत विभेदको अन्त्य तथा भाषा तथा संस्कृतिको संरक्षण |

३.३ मधेसीका प्रमुख मुद्दा :
  • १. सामूहिक र विशिष्ट क्षेत्रगत पहिचान र अधिकार
  • २. क्षेत्रगत पहिचान सहितको संघीय गणतन्त्र
  • ३. क्षेत्रगत आत्म-निर्णयको अधिकार
  • ४. क्षेत्रगत स्वायत्तता र स्वशासन
  • ५. भाषिक समान अधिकार
  • ६. राज्यको सबै अंग र तहमा जातीय र सामुदायिक समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति
  • ७. सकारात्मक विभेद
  • ८. मधेसी महिला र मधेसी दलितको पहिचान र समान अधिकार
  • ९. सेनामा एक पटक निश्चित संख्यामा सामूहिक प्रवेश, र प्रहरी र निजामती सेवामा समान अवसर

३.४. मुस्लिमका प्रमुख मुद्दा ः
  • १. मुस्लिमको संवैधानिक पहिचान र अधिकार
  • २.स्वतन्त्र र सम्मानपूर्वक बााच्न पाउने अधिकारको प्रत्याभूति
  • ३. जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति ।
  • ४. शिक्षा, स्वास्थ्य र रोजगारीमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति
  • ५. भाषिक समानता
  • ६. सकारात्मक विभेद सहितको विशेष व्यवस्था
  • ७. अलग पारिवारिक कानून
  • ८. धर्मनिरपेक्षताको कार्यान्वयन र धार्मिक स्वतन्त्रता
  • ९. मदरशा शिक्षालाई प्राथमिकता दिने
  • १०. हज कमिटीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने
  • ११. ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थल, वस्तु आदिको संरक्षण
  • १२. मुस्लिमको विेशेष पर्वहरुमा विदा
  • १३. मुस्लिम आयोगको गठन

३.५. लेङ्गकि मुद्दा :
  • १. पितृसत्ताको अन्त्य
  • २. लैङ्गकि समता र समानता
  • ३. स्रोतमा समान अवसर, नियन्त्रण र फाईदाको समान वितरण
  • ४. महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य
  • ५. आˆनो शरीरमा आˆनो अधिकार
  • ६.राज्यको सबै अंग र तहमा लैङ्गकि जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति
  • ७. सकारात्मक विभेद र विशेष व्यवस्था
  • ८. भिन्न यौनिक अभिमुखीकरणको पहिचान, मान्यता र समान अधिकार

३.६ अपांगता भएकाहरुको मुद्दा :
  • १.अपाङ्गताको आधारमा हुने सम्पूर्ण विभेदको अन्त्य
  • २. सकारात्मक विभेद र विशेष व्यवस्था
  • ३. रोजगारीमा प्राथमिकता

३.७. वर्गीय तथा अन्य मुद्दाहरु :
  • १. गरीबी, बेरोजगारी, श्रमिक समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विपन्न जनताको पहुाच विहीनता, न्यून आर्थिक बृद्धि र
  • सन्तुलित विकासको अन्त्य
  • २. कुशासन, भ्रष्टाचार, दण्डहीनता र जनताको आवाज सुनुवाई नहुने समस्याको अन्त्य
  • ३. भूमिहीनता र किसानको समस्याको समाधान
  • ४.असमानता, असमावेशी र सामाजिक न्यायको अभावको अन्त्य
  • ५. नागरिकताको समस्याको समाधान र मानवअधिकारको उल्लंघनको अन्त्य
  • ६. प्राकृतिक स्रोतसाधन र वातावरण विनाशको समस्याको समाधान



४. विचार र सिद्धान्त ः
प्रस्तावित पार्टी बहुल-राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुनेछ ।



५. समाधानका उपाय तथा नीतिहरु आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम लगायतका मुद्दाहरुलाई प्रस्तावित पार्टीले म्नसमाधानका उपाय तथा नीतिहरु अवलम्बन गर्नेछ |


क) बहुल-राष्ट्रियवाद
  • १.विविधता र सहअस्तित्व
  • २. पहिचानको विविधता र विशिष्टतालाई मान्यता
  • ३. अन्तर्राष्ट्रिय मापदण्ड
  • ४. धर्मनिरपेक्षता
  • ५. वैकल्पिक विश्व प्रणाली
  • ६. सबै प्रकारको उपनिवेशवादबाट मुक्तिसहितको बहुल-राष्ट्रवाद


खं) आदिवासीवाद ९क्ष्लमष्नभलष्sm०
  • १. आत्मनिर्णय, स्वायत्तता र स्वशासन
  • २. सामूहिक र व्यक्तिगत मानवअधिकारको सम्मान
  • ३. स्वतन्त्र, अग्रीम जानकारी सहितको मञ्जुरी
  • ४. प्रथाजन्य कानून
  • ५. आत्मनिणिर्त विकास


ग) राष्ट्रियता आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, खस लगायतका राष्ट्रियता



घ) सामाजिक लोकतन्त्र ः
  • १. सारभूत समानता र समता
  • २.सामाजिक न्याय
  • ३.समानुपातिक प्रतिनिधित्व र विशेष प्रतिनिधित्व
  • ४. अविभेद
  • ५. विशेष संरक्षण
  • ६. सकारात्मक विभेद र विशेष संरक्षण
  • ७. क्षतिपूर्ति
  • ८. लैंगिक समानता र समता
  • ९. प्रक्रिया,स्रोत र प्रतिफलमा समावेशीकरण
  • १०. लोककल्याणकारी राज्य र राज्यको दायित्व
  • ११. आर्थिक तथा सामाजिक विकास
  • १२. विधिको शासन र जवाफदेहिता
  • १३. वातावरणवाद शदीयौंदेखि सम्बोधन नभएको मुलकको विद्यमान समस्याहरु समाधान गर्नका लागि प्रस्तावित पार्टीमा गोलबन्द हुन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आव्हान गरिन्छ ।
सुझाव आव्हान प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्रका सम्बन्धमा यहााहरुको महत्वपूर्ण सुझाव निम्न
ठेगानामा २०६९ साल असोज १५ गतेभित्र दिनु भई सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
डा. चैतन्य सुब्ब, संयोजक, घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल पोष्ट बक्स नं.ः ८९७५ ई.पी.सी. ७०६७ काठमाडौं ई-मेल ठेगानाः chaitanyasubba@gmail.com
डा. कृष्ण भट्टचन, सदस्य, घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल ई-मेल ठेगाना ः bhattachan.k@gmail.com
नन्द कन्दङ्वा, सदस्य घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल ई-मेल ठेगाना kandangwank@gmail.com

Sunday, August 5, 2012

अग्रगामीको प्रश्न

जहाँ सम्म अग्रगामीको प्रश्न छ "अग्रगामी" भन्ने शब्द नै सापेक्षित शब्द हो । अस्तिको अग्रगामी , हिजो प्रतिगामी भएको छ , हिजोको अग्रगामी आजको प्रतिगामी भएको छ, आजको अग्रगामी भोली आएर प्रतिगामी हुन पनि सक्छ । कमी कम्जोरि भनेको सिद्धान्तमा अग्रग...
ामीपनको निरन्तरता नहुनु हो । मूलभूत सिद्धान्त एउटै भएपनि यदि कसैले निरन्तर अग्रगामीपनलाई आत्मसाथ गर्न सक्छ भने, उसको जय पनि निरन्तर नै हुन्छ । यसको लागि कित पुराना पिढिले नयाँ सोच अँगाल्नु पर्यो कित नयाँ पिढिहरुको नेतृत्वको बिकास गर्नु पर्यो । कुनैपनि अग्रगामी भनिएका बिचार यदि समय समयमा सफाई भएन भने ढुसी पर्नुलाई अन्यथा लिनु हुन्न |

Saturday, August 4, 2012

राष्ट्र, जाति, राष्ट्रियता, नागरिक

राष्ट्र भनेको जातिको बिकसित रुप पनि भन्न सकिन्छ । तर राजनैतिक सशक्तिकरण बिना जातिलाई राष्ट्र भन्नु ठिक नहोला कि ।

राष्ट्रियतालाई दुइ किसिमले परिभाषित गरेको पाईन्छ ,
१. राष्ट्रियता ( जाति को सदस्य को हैसियतमा आधारित ), यसलाई जातियता पनि भन्ने गरिन्छ । जातियता नै परिवर्तन भएर राष्ट्रियता हुन्छ जहाँ स्वशासन हुन्छ ।

२. राष्ट्रियता ( देशको नागरिकको हैसियतमा ) : यो राष्ट्रियता देशको समान नागरिकको हैसियतमा हुन्छ । यदि कुनै समुदाय, समाजलाई राज्यवाट अन्याय भएको छ , बिभेद गरिएको छ भने यो राष्ट्रियतामा समस्या भएको मानिन्छ ।

एकोहोरो कुरा गर्नु भन्दा पनि हामीले नेपालमा समस्याको समाधान खोज्ने हो भने माथि उल्लेखित २ वटा बुँदालाई ध्यान दिएर जातिय पहिचान सहितको संघियता अवलम्बन गरेमा निकास निस्कन्छ ।