Source : jwojwolapa ....History of Nepal......

खस भासामा लेखिएको इतिहासमा उल्लेखित गोपालबंशी र महिषपालबंशी राजाहरु नेवार नै थिए । नेवार भित्र रहेका थुप्रै जातहरु मध्ये सापू र मेयपू जात नै ती प्राचीन शासक हुन । सापू समुदायका नेवारहरु टिस्टुङ भीमफेदि इलाकामा अझै भेटिन्छन । मेयपूलाइ बिस्थापित गर्ने शासकहरु ज्यापू थिेए - तिनै ज्यापूहरु किराँत भनिएका शासक हुन । ज्यापू भित्र सत्ता संघर्ष र प्रतिस्पर्धा चर्कँदै गएपछि एक समुह सँदेय (उत्तर पूर्वका तामाङ-लिम्बु आदिका पुर्वज)सित निकट बन्दै गए, अर्को समुह मदेय् (दक्षिण पूर्वका मैथिल ठकुरीहरुका पुर्वज)सित निकट बन्दे गए । शासक ज्यापूहरु सँदेय सित निकट रहदै बिहेवारि, सामाजिक सम्बन्ध र सहयोग आदानप्रदान कायम गर्दै शासन गरेकोकाल नै किराँतकाल हो । दक्षिणको मदेयमा पनि सत्ता संघर्ष भै रहन्थ्यो, त्यहाँको संघर्षमा हारेको पक्ष नेपालमा शरण लिन आयो, मदेय सित निकट ज्यापूहरु शरण दिन चाहन्थे तर सँदेय् सित निकट ज्यापूहरु शरण दिन चाहँदैनथे । यहि विवाद बढ्दै गएर दुइ पक्षबीच ठूलो भिडन्त भयो । भर्खर मदेयबाट छिरेका लडाकु शरणार्थिको सहयोग पाएर मदेय समर्थक ज्यापूले सदेय समर्थक ज्यापूलाइ परास्त गर्न सके । त्यस्तो ठूलो लडाइ भएको ठाउँहरु मध्य च्यास: (हालको च्यासल) एक प्रमूख ठाउँ हो । अन्य ठाउँमा सँक्व (हाल साँखु), द्वाल्खा (हाल दोलखा), चखुन्ति (हाल थिमिको दक्षिणपूर्व इलाका), धौख्य: (हालको धुलिखेल) पनि हो । द्वाल्खामा भने सदेय निकटका ज्यापूले लडाइ जिते । मदेयका ज्यापूबाट बच्न उनीहरुले सँभास(अर्थात भोटको भाषा)को साथ लिइ भासा परिमार्जन गरे । त्यहि कारणले गर्दा द्वाल्खाको नेवार भासा अन्य नेवार भासा भन्दा भिन्न हुन गयो । मदेय समर्थक ज्यापूको राज्यकाल लिच्छविकाल हो । सँदेयसित सम्बन्ध राख्ने अघिल्ला शासकहरुलाइ नरुचाउने हुँदा यी पछिल्ला ज्यापू शासकहरु मदेय तिर नै बढि ढल्किए र विस्तारै दक्षिणतिरका ठकुरिहरु शासनप्रणालीमा हावि हुँदै गए ।

प्रमोद पासाले भन्ने गरेको गोपाल, महिषपाल, लिच्छवि, मल्ल मुलत: नेवार भाषि राज्य नै हुन । लिच्छविकालको पछिल्लो समय र मल्लकालको अधिकांश समयका शासकहरु प्राचीन नेवार नश्लका नभइ आगन्तुक नश्लका हुन, तैपनि तिनीहरु पूर्ण रुपले नेवार समाजमा घुलमिल भै रैथानेहरुकै प्रगतिमा समर्पित रहे ।नेवारहरुको इतिहास नबुझी अनावश्यक गन्थन गर्न रुचाउने हरुलाइ यति जानकारी मिलेपछि सहि इतिहास बारे मनन गर्न केहि उत्परेणा मिल्ला कि ?

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।