सामर्थ्यको आधारमा मात्रै पुनसंरचना हुनु ठिक होइन......यो संघियताको मर्मको विपरीत छ

सामर्थ्य भनेको के हो र यो संग पहिचानको के संबन्ध छ । सामर्थ्य भनेको मानविय चेतना, मानविय ज्ञान, प्राबिधिक क्षमता हो । सामर्थ्य भनेको प्राकृतिक श्रोत र साधनको भण्डार होइन यसलाई कसरि उपयोग गर्ने भन्ने कुरा नै सामर्थ्य हो । भएको श्रोतसाधनलाई अधिकतम चरम उपयोग गर्नुलाई नै सामर्थ्य भनिन्छ । मानव समाजले स्थानिय उपलव्ध श्रोतसाधनलाई उपयोग गर्ने कला अनि प्रबिधि पनि प्राकृतिक रुपमा जानेका र सिकेका हुन्छन । यि क्षमता सामर्थ्य नै विषेश पहिचान पनि हो । प्राकृतिक श्रोत र साधनको बाँडफाँट, अंशवण्डामा पारिकन एउटै समाज, एउटै भावना, भाषा, संस्कृति, धर्म, इतिहास बोकेका जातिलाई अलग गर्नु न्यायोचित छैन ।

अर्को कुरा सामर्थ्यले पहिचान होइन, पहिचानले सामर्थ्य बनाउने हो किनकि आफ्नो पहिचानमा आफ्नोपन, आफ्नो ठाउँ गाउँ प्रति जिम्मेवार, आफ्नो ठाउँ गाउँ प्रति दायित्व बोध हुने हो । यो भावनात्मक उत्प्रेरणाले सामर्थ्य ल्याउने हो, प्राकृतिक श्रोत र साधनको थुप्रोले होइन, त्यो बर्षौं सम्म पनि बेहाल अवस्थामा हुन सक्छ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।