खस समुदाय सम्बन्धि खास कुरा by Jwajalapaa Sakasita

"खस क्षेत्री"को पहिचानको सवालमा एक मित्रले "क्षेत्री" त्यागे ठेट आदिवासी हुन भन्नेमा चुनौती दिने ठाम हुदैन - भन्ने विचार व्यक्त गरेपछि त्यसको समर्थन गर्दै मेरो थप कुरो यस्तो रह्यो :

सहि कुरो, "क्षेत्री" शव्दले खस क्षेत्री समुदाय बाहुन पछी दोस्रो दर्जा जनाई रहने हुनाले यसमा पुनराबलोकन भएपछी जनजातिलाई आफ्नो विचार स्पस्ट गर्न सघाउ पुग्नेछ | जनजातिको बोलीचालीमा खस-क्षेत्री शब्दावली भिजेपनि उनीहरुको नजरबाट बाहुन र क्षेत्री उस्तै देख्ने प्रथा कायम छ, त्यसकारण जनजातिमाथि बाहुनबादी अत्याचार थोपर्न खस-क्षेत्री पनि उत्तिकै जिम्मेवार छ भन्ने आग्रह प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रकट भै रहेको छ, हालांकी खस-क्षेत्रीहरु आफै पनि बाहुन्बाद्को शिकार भै उधेरुको आदिवासी पहिचान र संस्कार तहसनहस भएको र आर्थिक शोषणमा पिल्सिएर शासक हुँदाहुँदै पनि बहुसंख्यक खस-क्षेत्री जनता सर्वहारा हुनु परेको छ | यसरि समृद्द खस समुदायलाई "सर्वहारा खस-क्षेत्री" बनाउने र फेरी उनै बाहुन्बादिले वर्गीय मुक्तिको सपना देखाई दोहोरो दोहन गर्ने काम नेपालको खस सम्प्रदायमा भएको देखिन्छ | यो दृस्टीकोणबाट हेर्दा तथाकथित "खस-क्षेत्री" सम्प्रदायले "क्षेत्री" परिचयमा मोह राखुन्जेल उनीहरु बाहुनबादी शोषण चक्रबात मुक्त हुन सक्ने अवस्था देखिदैन |

माथिको कुरो राखेपछि एक खस मित्रले यस्तो प्रतिक्रिया जनाउनु भयो : "कन्डिसन" राखेर प्रेम गर्नु पनि राम्रो हुदैन. प्रेम स्वोसफुर्त हुनु पर्छ र तेस्तो प्रेम बल्ल अमुल्य हुन्छ. जे भए पनि सल्लाह र सुझाब को को लागि धेरै धेरै धन्नेबाद |

हुन त धन्यबाद दिनु भयो, तर "क्षेत्री" शव्दले नै बाहुनबादी जातीय बर्णश्रमको प्रतिनिधित्व गर्दै त्यो शव्दले उहाँहरुलाई नीचा देखाईरहेको भनाइमा असहमति रहेको बुझ्न सकिन्छ | त्यसैले मैले केहि बिस्तृत विचार प्रस्तुत गर्ने जमर्को गरे |

हामी आदिबासी जनजातिहरु बिगतमा गरिएको केहि जघन्य गलतीलाई सच्याउन जमर्को गर्दै छम | सह अस्तित्वको वातावरण बनाउन गलत इतिहासमाथि क्रुर बहस छेड्न नै पर्ने हुन आउँछ | यस्तो बहसलाइ "प्रेम" वा "घृणा"को भावनात्मक जामाले मोड्ने हो भने इतिहासको केस्रा केस्रा केलाउन हामी असमर्थ हुनेछौ, कतै न कतै गएर भावना हावी हुन गइ हामी अप्राकृतिक सम्झौता तर्फ मोडिएर क्षणिक विश्रान्ति लिदै पुन: एक अपुरो सम्झौताको दिशामा उन्मुख हुने छम |

खस समुदायले "हामी पनि आदिवासी हौ" भनि दावी गर्न थालेको धेरै भएको छैन | खस समुदाय भित्रै पनि राजस्थानी कुल, सिंजाली कुल, मतवाली खस, तागाधारी खस, ४-डोरो जनै धारण गर्ने, ६-डोरो जनै धारण गर्ने, गायत्री सुन्न पाउने र नपाउने, इत्यादि थुप्रै वर्गीकरण छ - यी वर्गीकरण बीचबाट नै खसको इतिहासबारे धेरै कुरो थाहा पाउन सकिन्छ | यो वर्गीकरणको कारक आप्रवासी आर्य हिन्दुहरु नै हुन, जो भारतमा मुस्लिम दबदबा बढेपछी सुरक्षित रहन पहाडी क्षेत्रतर्फ लागे |(हिन्दु आर्यलाइ आप्रवासी भन्नुको आधार पछिल्लो अनुच्छेदमा दिएको छु |) आप्रवासी आर्य हिन्दुबाट सबैभन्दा कम प्रभाव परेको वर्ग "मतवाली खस" हुन जसको धेरै संस्कृतिहरु प्रकृति पुजक पश्चिमेली मगरसित पनि मिल्दोजुल्दो छ | हिन्दुकरणमा परेका तागाधारी खसमध्ये पनि कम्जोर बर्गलाई ४-डोरो जनै, प्रभावशाली वर्गलाई ६-डोरो जनै, अझै धेरै प्रभावशाली बनी राज्य संयन्त्र हातमा लिन सक्नेहरुलाई गायत्री मन्त्र समेत दिई आफ्नो निकटमा राख्ने काम आप्रवासी आर्य हिन्दुबाट नै भएको हो |

अति हिन्दुकरण भएको नेपाली समाजलाई केलाउने हो भने पनि थप केहि कुरो थाहा हुन आउछ | हिन्दु समाजको वर्णाश्रमले चार जात विभाजन गरि ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्र को परिकल्पना गर्दा जन्मको आधारमा नभई कर्मको आधारमा जात विभाजन हुने भनेको छ, तर ब्यबहारमा त्यस्तो हुन सकेन | ती जातका संख्या अनुपातको पनि परिकल्पना गरेको छ | कर्मको आधारमा वर्गीकरण गर्ने हो भने एउटा सन्तुलित हिन्दु समाजमा ब्राम्हण १०-१५%, क्षेत्रीय २०-४०%, वैश्य ३०-४०%, शुद्र १५-३०% को अनुपातमा रहन जरुरि छ, नत्र त्यो समाज असन्तुलित भै हिन्दु वर्णाश्रमले काम गर्न छोड्छ | तर नेपालको हिन्दु समाजमा यो अनुपात पटक्कै मिलेको छैन | नेपालको हिन्दु समाजमा निकै ठुलो संख्यामा खस-बाहुन छन, तागाधारी खस-क्षेत्री (जसलाई हिन्दु क्षेत्रीय भन्न मिल्छ) को संख्या पनि बाहुन भन्दा थोरै छ | नश्ललाइ हेर्दा पनि नेपालको क्षेत्रीहरु आर्य भन्दा बढी मंगोल मंगोल देखिन्छन | आर्य जस्ता देखिने क्षेत्री छुट्याएर हेर्ने हो भने बाहुनको आधि पनि हुदैनन | शुद्रको संख्या बाहुन भन्दा ४-५ गुणा कम छ | वैश्य त झन् नगन्य छ | हिन्दुवादीहरुले नेवारलाइ जवर्जस्ती वैश्य भन्छ जुन कुरो नेवार समाजलाई अध्ययन गर्ने कसैले पनि मान्दैन | राई लिम्बु लगायतका मतवालिलाई शुद्रमा गणना गर्छ, जुन उनीहरुको समाज र इतिहाससित मेल खादैन | यस्तो बेमेल अनुपातको नेपाली हिन्दु समाज देखिनुको अर्थ के हो भने (१) या त यहाँको क्षेत्रीय, वैश्य र शुद्र कुनै रोगब्याधी लागेर, युद्द भएर, प्राकृतिक प्रकोपमा परेर समुल नस्ट भए, (२) या त यहाँ ब्राह्मण बर्गले मात्रै जनसंख्या बृद्दी दर धान्न सके, याने कि बाल मृत्युदर, स्वास्थ्य आदिमा ब्राम्हण मात्रै अब्बल निस्किए (३) यदि यी दुवै तर्क बेठीक हो भने ब्राम्हण बर्ग पक्कै पनि आप्रवासी हो | तिनीहरु कतै न कतैबाट ठुलो संख्यामा आएर यहाँ बसोबास गरि यहाँका आदिवासीमाथि आफ्नो व्यवस्था कुनै न कुनै तरिकाबाट लाद्न सफल भए | म यो तेस्रो बुँदा नै सत्यताको नजिक ठान्दछु |

आप्रवासी आर्य हिन्दु भन्नाले हामीले नेपालका हाल विद्यमान बाहुन, बहुसंख्यक शुद्र र केहि क्षेत्रीयलाइ बुझ्नु पर्छ | भारतमा जब मुस्लिम आक्रमण भयो, तब हिन्दु आर्य समाजका ब्राम्हण क्षेत्री वैश्य शुद्र सबैले डटेर मुकाबिला गरे | मुकाबिलामा मुस्लिम दबदबा बढेपछी चारैतिर भागाभाग भएको थियो | नेपालतर्फ भाग्नेहरु भने मुख्यतया पहाडी क्षेत्रसित परिचित ब्राम्हणवर्ग तिनका सेवक शुद्र बर्ग र तिनका नजिक रहेका सिमित क्षेत्रीयहरु मात्र हुन | नेपालमा रहेका ठुलो खस क्षेत्री जमात भने तिनै आप्रवासी हिन्दुहरुको संगत, योजना वा षडयन्त्रको चक्रमा फसेपछी हिन्दुकरणमा परेर आफ्नो आदिवासी परिचय गुमाएका जनजाती नै हुन | यसरी हिन्दुकरणमा परेका खस-क्षेत्रीहरुले ४-डोरो तागाधारण गर्ने तथा व्रतवन्धमा गायत्री मन्त्र नपाउने ब्यबस्था छ | जवकी उनका समकक्षी बाहुनको छोरोले ६-डोरो तागाधारण गरेर गायत्री मन्त्र जप गर्न पाउँछ | वर्णाश्रम धर्मले बहुन्संख्यक खस-क्षेत्रीहरुलाई यसरी माथि उल्लेख गरी मुताविक बिभिन्न श्रेणीको तल्लो दर्जा दिलाएको छ | केहि सिमित खस-क्षेत्रीहरु भने ६-डोरो तागाधारण गर्ने, गायत्री मन्त्र जप्ने सम्मकै हैसियत राख्छन, जो शायद उहिले बाहुनकै साथसाथ आप्रवासित भएका अथवा पछी राजनैतिक सामाजिक वा आर्थिक हैसियत उच्च बनाउन सकेका वर्ग हुनु पर्छ भन्ने मेरो ठम्याई छ |त्यस्ता क्षेत्रीहरु नेपालमा निकै थोरै छन्, तर दक्षिणी भारतमा हेर्ने हो भने त्यस्ता क्षेत्रीयहरु ब्राम्हण भन्दा बढी संख्यामा छन | यसबाट पनि थाहा हुन आउछ कि नेपालका बहुसंख्यक खस-क्षेत्रीहरु वास्तविक हिन्दु वर्णाश्रमको मूलधारबाट बिकसित हुँदै आएका क्षेत्रीय नभई आप्रवासी आर्य हिन्दुको संगतबाट पछी हिन्दुकरण भएका दोस्रो दर्जाका क्षेत्री हुन |

सामाजिक रुपमा बिभिन्न प्रकारले विभाजित भएपनि खस समुदायको पहिचान खसभासाले धानिदियो | त्यति मात्र नभई मुलत: संस्कृत बोल्ने आप्रवासी आर्य हिन्दु वर्गले पनि खस समुदायको खस भाषालाइ तात्कालिन मुस्लिम अत्याचारबाट बच्ने माध्यम बनाए | तात्कालीन समाजको हिन्दु पुरातनपन्थी संस्कृत भाषालाइ बाहुनबर्गले आफ्नो जातीय उच्चता कायम राख्ने साधन र खस भाषालाई खस जनजातीसित छिटो अन्तरघुलन हुने साधनको रुपमा प्रयोग गरे | यसरी खस-भाषालाइ अङ्गीकार गरेपछि शुरा खस जनजातिलाई "क्षेत्री" बनाइ लड्न भिड्न अघि सार्ने र आफु "अर्ति उपदेश दिने विद्वान बाहुन" बनि फाइदा लुट्ने सिलसिला शुरु भयो | यहि सिलसिला बढ्दै गएर खस समाज भित्रै पनि व्यापक अंतर्द्वंद शुरु भयो, जसको फलस्वरूप एक समय नेपालको पश्चिम भेग देखि काश्मिर-गन्धार (हालको कान्दाहार अफगानिस्तान) सम्म ब्यापक अस्तित्व कायम गरेको खस-साम्राज्य टुक्रा टुक्रा भएर कम्जोर हुदै गयो | खस जनजातिको समृद्द सभ्यता अस्तित्वकै संकटमा फस्यो | खस समुदायको सम्पन्न जीवनशैली गरिवी र अभावको पर्यायमा परिणत भयो |

अर्को तर्फ खस भाषामा भिजेका बाहुनहरू पूर्वतिर सर्दै जादा खस भाषालाई विस्तार मात्रै गरेन अपितु खस भाषा नै बाहुनले हाइज्याक गरेर झन्डै झन्डै बाहुनको भाषा बनाइदिए | संस्कृतलाई आफ्नो अभिजात्य आडम्बर बचाउन प्रयोग गर्ने र जीविकाको निमित्त स्थानीय भाषामा हैकम जमाउने नीति नेपालका बाहुनले मात्र नभई भारतका अन्य सम्प्रदायका बाहुनले पनि लिएको देखिन्छ - जुन एक बाहुनबादी नीतिको रुपमा बुझ्न सकिन्छ | नेपालको खस भाषा यहाँको बाहुनको प्यारो भाषा हुनु पछाडी त्यहि नीतिको निरन्तरता देखिन्छ | यो खस भाषा त्यहि बहुसंख्यक खसको स्थानीय भाषा हो, जसको घोडा चढेर बाहुन वर्गले यहाँको समाजमा हालीमुहाली गर्न पाएको छ | यो भाषाको वास्तविक नाम "खस"भासालाइ अझ बिस्तारित गर्दै "नेपाली भाषा" भन्ने नाम दिएर नेपालका बाहुन वर्ग सम्पूर्ण नेपालमाथि कब्जा जमाउने अभियानमा छ | त्यो बाहुन बर्ग खस समुदायको आफ्नै भाषालाइ "खस भाषा" नामाकरण गर्यो भने सार्है रिसाउछन र ती बाहुन-वर्गले ब्रेन-वाश गरिराखेका खस-मित्रहरुलाई "खस भाषा भनेर खसालेको हो, हेप्न खोजेको हो, त्यसको प्रतिकार गर्नु पर्छ" भनेर बिरोध गर्न उकास्छन | किन कि यो भाषालाई खस नामाकरण गर्यो भने यस भाषामाथि रहेको बाहुन-आधिपत्यमा चुनौती हुनेछ, हिन्दुकरण गरेर नस्ट गरेको खस-सभ्यताको चेतना जागृत हुने छ भन्ने डर छ बाहुनबादीहरुलाई |

अहिले नेपालमा खस आदिभुमिमा खस अग्राधिकार सहितको संघीय राज्य माग गर्ने सवालमा पनि प्रमुख बाधक बाहुनबादी बर्ग नै देखिन आएको छ | जनजातिको तर्फबाट खस आदिवासीको त्यो मागलाई समर्थन हुने संकेत देखिन्छ भलै कतिपय जनजातिले खस-समुदायलाई पनि बाहुनसित साथै राखेर साम्प्रदायिक शोषकवर्गको रुपमा हेर्न जारि छ | अन्य जनजातीको तुलनामा खस जनजातिलाई भाषिक अधिकारको लडाई लड्नु पर्ने अवस्था छैन, तर पहिचान र अस्तित्वको सवालमा खस जनजातिको आदिवासी पहिचान बाहुनबादको चपेटामा परेर लगभग मरेतुल्य छ | यदि त्यो पहिचान जगाउने हो, यहि बाहुनबादको कुचक्रमा फसेको नेपाललाई त्यो कुचक्रबाट मुक्त बनाउने हो भने हामीले बाहुनबादको सबै जरा हाँगा बिंगा छिमल्नै पर्छ | म क्षत्री, म वैश्य, म शुद्र भन्ने भावना कायम राखुन्जेल म ब्राम्हण भन्ने भावना पनि जिवितै रहन्छ | त्यसको समुल नस्ट गर्ने पहिलो पैला भनेकै बाहुनबादको अस्तिव अस्वीकारे थाल्नु पर्छ | क्षेत्रीले बाहुनको मुनि बस्ने क्षत्री बन्न अस्विकार गर्नु पर्छ, वैश्य ले बाहुन र क्षेत्रीको मुनि बस्ने वैश्य बन्न अस्विकार गर्नु पर्छ, शुद्रले बाहुन, क्षेत्री र वैश्यको मुनि वस्ने शुद्र बन्न अस्विकार गर्नु पर्छ | यदि यसरी अस्विकार गर्ने तागत वा मनस्थिति हामीमा छैन भने हामी आफै जस्तो सुकै नारा फलाकेपानी प्रकारान्तरले बाहुनबाद कै सेवा गरि रहेका हुनेछौ | त्यसैले मैले माथिको त्यो वाक्यमा समर्थनमा लेखे कि - "खस-क्षेत्री" सम्प्रदायले "क्षेत्री" परिचयमा मोह राखुन्जेल उनीहरु बाहुनबादी शोषण चक्रबात मुक्त हुन सक्ने अवस्था देखिदैन |

2 comments:

  1. तिमीले खस को बारेमा अर्ति दिनु जरिरी छैन !! हामि को हाउ, हाम्रो भाषा, संस्कृति के हो सबै थाहा छ !!! भारत बाट छिरेका आर्य र भोट बाट नेपाल छिरेका मोंगोल को क्रस नेवार जाति का तिमि पहिला आफ्नो समुदाय मा भएका उत्पीडन , भेदभाव हटाएर देखाउ !! च्यामे, पोडे लाइ आफ्नो पुरोहित बनाएर देखाउन सक्छौ?? हामीलाई छेत्री नभन भनेर अर्ति दिने भएको!!

    ReplyDelete
  2. नाथ नाथ.

    नेवार भित्रै पनि त हिन्दुकै जस्तो सिस्टम रहेछ नि त ! अझ बौद्ध हिन्दु दुबैथरीको मिलन पो देखिन्छ त ! अनि किन ति जनजाति हरु संग मिलेर आफ्नो मान मर्दन गरि बाहुनको हुर्मत लिन खोज्या होला हरे ! पुरोहित त बज्राचार्य र शाक्य हुन्छ अनि साई, पोडे हरुले छुन हुन्न !




    ReplyDelete

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।