भूगोलको आधारमा मात्रै पुनसंरचना हुनु ठिक होइन......यो संघियताको मर्मको विपरीत छ


  • हामी र हाम्रो पहिचान हिमाली, पहाडि, मधेसि मा मात्रै सिमित छैन यो कुरा बुझ्नु जरुरि छ । हामी हिमाली, पहाडि, मधेसि मा पनि गर्व गर्छौं, हामी नेपालि हुनुमा पनि गर्व गर्छौं र साथ साथै हामी ऐतिहासिक लिम्बुवान, खुम्वुवान, नेवाः, मगरात, तमुवान, ताम्सालिङ, थरुवान, मिथिला आदि इत्यादिहरुमा पनि गर्व गर्छौं  । 

  • भौगोलिक प्रदेशहरु बिचमा काँडेवार लाग्दैन तर यो संघियताको मर्मको विपरीत छ । यि निम्न पहिचानहरु भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल मध्ये कुनै एक वा एक भन्दा वढि साझा भएका समुदायहरु छुट्टिएर होइन एकै प्रदेशमा बस्न खोजेका हुन । त्यसैले भौगोलिक संघियता हुनु कदापि ठिक होइन ।

  • धनि-गरिब भन्दा पनि हाम्रो समाजमा जातिय सामुहिक बिभेद पनि छ  । अर्थात हालिमुहालि जाति बिद्यमान छ । अर्को कुरा कुनै पनि एउटा जातिमा पनि हालिमुहालि बर्ग बिद्यमान भएको कुरा नकार्न सकिन्न । यो सबैको समाधान भौगोलिक संघियतावाट संभव हुन्न । पहिचानको संघियतामा हालिमुहालि जातिको बर्चश्ववाट उन्मुक्ति हुन्छ भने कुनै पनि जातिमा रहेका उड्पीडितलाई प्राथमिकता दिने हो भने यसले समस्याको निकास दिन्छ ।

  • नयाँ राज्यको माग, छुट्टिने माग राज्यले सम्बोधन नगरेको खण्डमा हुने कुरा नकार्न सकिन्न । अहिले सबैलाई समेटिएर जाने प्रस्तावहरु भएका छन, जस्तै स्वशासित क्षेत्र वा इलाका, बिशेष अधिकार, आरक्षण आदि कुराहरु छन ।

  • निम्न बुँदाहरु सारांश हुन सक्छन । 

१. भूगोलमा सिमित गर्दैमा एकताको बिकास हुने होइन, एकताको लागि भावात्मक संबन्धको जरुरत पर्दछ ।

२. उत्पीडनमा पर्ने भनेको भूगोल होइन मानबिय समुदाय, मानबिय समाज हो । मानविय समुदाय, समाज चेतनशील छ भने भूगोल अमुर्त छ । हिमाल, पहाड, खोला नदि, वनजंगल आदि उत्पीडनमा परेका होइनन उत्पीडनमा पर्ने मानव समुदाय हुन। मानविय भावना प्राथमिकता दिने कि अमुर्त कुराहरुलाई यो कुरा मनन गर्नु पर्छ ।अर्को कुरा भूगोल मानविय चेतनाको नै मात्र अंश हो । उत्पीडन हटाउनको लागि मानविय चेतनाको सम्मान हुनु जरुरि छ, समस्याको जरो सम्म पुगेर समाधान गर्नु पर्दछ ।

३. भौगोलिक संघियताले एउटै समुदाय अथवा समाजलाई अलग गर्न सक्छ । यस्तो गर्नु भनेको तिनिहरुको भावनालाई आघात पुराउनु हो ।

४. यदि भौगोलिक संघियताले काम गर्ने भए ५ बिकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्लाले नै पनि काम गर्नु पर्थ्यो । त्यो हामिले देखि सक्यौं ।

५. सबभन्दा पहिलो कुरा यि निम्न पहिचानहरु भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल मध्ये कुनै एक वा एक भन्दा वढि साझा भएका एक भन्दा बढि जातिहरु छन । त्यसैले १०० वा १०० भन्दा बढि जाति भएकोले सबै जातिलाई राज्य भन्ने प्रश्न नै ठिक होइन ।

६. राज्य कुनैजाति विषेश वा व्यक्ति विषेशको ईच्छा या मागको आधारमा नभै ऐतिहासिक पृष्ठभूमीको आधारमा हुने हो । यदि कुनै जातिले आफ्नो ऐतिहासिक पहिचान सहित राज्यको माग गर्दछ भने कुरा ठिकै हुन्थ्यो । सबै जातिको ऐतिहासिक पृष्ठभूमीको राज्य नभएको अवस्था छ ।

७. जुन जातिलाई राज्य चाहिने हो यदि उचित छ भने उनिहरु आफै बोल्ने कुरा हुन, कोहि प्रबक्ता वा ठेकेदार भएर यसरि बोल्नु ठिक होइन ।

८. संगै बसेका समाजलाई भावात्मक ठूलो पर्खालले दुई अलग अलग प्रदेशमा राखेर फेरि समाजलाई एकृत्रित गर्दै हुनुहुन्छ कि बिभाजन । दुइटा प्रदेशमा हुने बितिक्कै उनिहरुको एकृत्रित-संगठित शक्तिमा बिभाजन हुने हुन्छ त्यो कदापि जनताले खोजेका होइनन ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।