"पहिचान" भनेको यस्तो मूलभूत चिनारी हो जो कुनैपनि अरु भौतिक वातावरण संग परिवर्तन हुन्दैन । "सामर्थ्य" भनेको उच्चतम विकास, उत्पादन गर्ने क्षमता हो जुन विशेष गरिकन मानविय संसाधन, मानविय विवेक, प्रविधि र धेरै भौतिक कुराहरुमा निर्भर रहन्छ, जस्तै भौतिक सुगमता, प्राकृतिक श्रोत र साधनमा आदि । त्यसमा पनि मानव संसाधनको भूमीका प्रमुख रहन्छ । किनकि सुन खानी छ भन्दैमा आफै सुन खानीवाट बाहिर निस्कने होइन । मानव संसाधनको जति बढि उपयोग भयो त्यहि अनुपातमा त्यहि सापेक्षमा सामर्थ्य पनि बढ्दै जाने हो बाँकि भौतिक कुराहरु र प्राकृतिक श्रोत साधन त सहयोगी मात्रै हुन ।
मानव समाजले स्थानिय उपलव्ध श्रोतसाधनलाई उपयोग गर्ने कला अनि प्रबिधि पनि प्राकृतिक रुपमा जानेका र सिकेका हुन्छन । यि क्षमता सामर्थ्य नै विषेश पहिचान पनि हो । प्राकृतिक श्रोत र साधनको बाँडफाँट, अंशवण्डामा पारिकन एउटै समाज, एउटै भावना, भाषा, संस्कृति, धर्म, इतिहास बोकेका जातिलाई अलग गर्नु न्यायोचित छैन ।
मानविय संसाधनलाई उच्चतम परिचालन गर्न राष्ट्रमा दिगो शान्ती, राजनैतिक स्थिरता चाहिन्छ ।
अर्को कुरा सामर्थ्यले पहिचान होइन, पहिचानले सामर्थ्य बनाउने हो किनकि आफ्नो पहिचानमा आफ्नोपन, राष्ट्र भावना, आफ्नो ठाउँ गाउँ प्रति जिम्मेवार, आफ्नो ठाउँ गाउँ प्रति दायित्व बोध हुने हो । माटोसंगको प्रेम, भाषा, धर्म, संस्कृति र पहिचानको भूमिका हुन्छ, यो भावनात्मक उत्प्रेरणाले सामर्थ्य ल्याउने हो, प्राकृतिक श्रोत र साधनको थुप्रोले होइन, त्यो बर्षौं सम्म पनि बेहाल अवस्थामा हुन सक्छ ।
अव मानविय संसाधन परिचालन भएन भने के हुन्छ ? के त्यहाँ सामर्थ्य हुन्छ । त्यहाँ सामर्थ्य शून्य नै हुन्छ । जवसम्म उपयोग हुन्न जति नै साधन भएपनि त्यो अमुर्त नै हो त्यसको मूल्य हुन्दैन । यदि सामर्थ्य मा राखिन्छ भने त्यो आकाशको फल मात्रै हो ।
त्यसैले पहिचान बिना सामर्थ्य मात्रै कुरा गर्नु भनेको आत्मा नभएको मृत लाशलाई महत्व दिनु बराबर हुन सक्ला ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।