बाहुन संस्कारको समग्र रुपलाइ दार्शनिक दृष्टिकोणबाट बुझेर हो या नबुझेर गणेशमानले "बाहुनबाद" भन्दिएको हो अरे | सुनेको कुरो हुनाले अरे जोडेको है | गणेशमान मात्रै हैन उनको पुस्ताका ठूलो तप्का बिपीको वाक्पटुताबाट अत्याधिक प्रभावित मात्रै भएको हैन लट्ठ नै परेको हो | तर्क र शव्दजालमा विपीले गणेशमान जस्ता नेताहरुलाई हरिलट्ठक झैँ छिनमा उही कुरो "हो" भन्ने पार्ने, छिनमा उही कुरो "होइन"भन्ने पार्ने गर्थे अरे | एकदिन बीपीले एउटा राजनीतिक भेलामा पुंजिबाद, समाजबाद, आदि इत्यादीबारे लामो कुरो गरेको थ्यो अरे | तर सहभागीहरुले राम्रोसित बुझेनछन अरे | साधारण मानिसले बुझ्ने गरि ट्वाक्क ट्वाक्क भन्न जान्ने हक्की स्वभावका गणेशमानकहाँ आएर विपीले के भन्या हो भनेर सोध्न आएछन अरे | गणेशमानले पनि विपिको कुरो राम्ररी बुझेको रैनछ अरे | उनले मुसुक्क हाँस्दै भंदेछ्न अरे - "के को यो बाद र त्यो बाद, बाहुनबाद होला नि"| बाहिर जे सुकै भने पनि गणेशमानले विपीलाइ अनौपचारिक कुराकानीमा "मुला बाहुन" भनिहाल्थ्यो अरे | यदि यो कुरो सत्य हो भने गणेशमानले प्रयोग गरेको "बाहुनबाद" शव्द बीपीले यत्तिकै जे कुरालाई पनि यो बाद त्यो बाद थपेर बयान गर्ने र त्यसबारे आफुहरुलाई राम्ररी थाहा नहुँदा हैरान भएको हुनाले प्रतिक्रियास्वरूप आएको होला | तर मलाई यो कहानी त्यति भरपर्दो भने लाग्दैन | किन कि गणेशमानको नाममा अनेक मिथ्या कहानी र जोकहरु सुनाइन्छ, जुन कहिलेकाही अकबर बिर्बल गाथा जस्तो पनि लाग्छ, क्षणिक मनोरंजन तर आधारहीन | शायद यो पनि त्यस्तै हो कि ?
डोर बहादुर बिस्टले प्रयोग गरेको "बाहुनबाद" भने उनले लामो समय पश्चिमा समाजशास्त्रिसित संगत गरिसकेपछिं जानेको ज्ञान मुताविक नेपाली समाजको ब्यबस्थित अध्ययन पछी निकालेको निचोडमा आधारित छ | उनको बाटो पछ्याउंदै अरु थुप्रै समाजशास्त्रीहरुले धेरै अध्ययनहरु गरिसके र नेपाली समाजको प्रमुख समस्याहरु मध्य लैंगिक विभेद (नारी पुरुष भेदभाव), छुवाछुत जस्तै त्याज्य समस्याहरु मध्य एक बाहुनबाद पनि हो भन्ने ठहर गरि सके |
राजनीतिमा "बाहुनबाद"लाइ पुन: प्रवेश गराउने श्रेय भने म गणेशमानलाई नै दिन्छु किन कि जब गिरिजा प्र कोइरालाले नाताबाद कृपाबाद र चाकडी प्रथालाई प्रश्रय दिएर गणेशमान लगायत तत्कालिन कांग्रेसका त्यागी नेता कार्यकर्तालाई पाखा लगाउन थाले, तब गणेशमान ले ठाडै बाहुनबादको आरोप लगाए | त्यसपछि यो मुद्दा राजनीतिको केन्द्र मै घुस्यो र बिस्तारै तल्लो तह सम्म नै फैलदै गयो, अनेक बादविबाद भए, तर्कना भए, र आज आएर "बाहुनबाद" समस्या होइन भनेर प्रतिवाद नै गर्न नसकिने विन्दुमा पुग्यो |
जब बाहुनबादमाथि चौतर्फी आलोचना र बिरोधको ओइरो लाग्यो, यसलाई खस-बाहुनसमुदाय (र केहि सम्भ्रान्त खस-क्षेत्री तथा तिनका मतियारहरु समेत) ले सशक्त प्रतिकार गर्न शुरु गरे | अन्य समुदायका बाहुन जस्तै मैथिल बाहुन, भोजपुरी बाहुन, अवधि बाहुन, नेवार बाहुन, र अन्य धर्मावलम्बीका पण्डितहरु यो आरोप प्रत्यारोपमा संलग्न नै रहेनन् | खस-बाहुनले भने "बाहुनबाद"भन्ने शव्दावली नै गलत छ, त्यो शब्दको आडमा हामीमाथि साम्प्रदायिक प्रहार गरेको हो भन्ने बुझे | यता आरोपीहरु पनि बेलामौकामा बाहुनको व्यक्तिगत वा सामुहिक बिरोध हैन, नीतिको मात्र बिरोध (जस्तै मनुस्मृति) हो, प्रवृत्तिको मात्र बिरोध (जस्तै सामन्ती अन्धविस्वासलाइ मलजल गर्ने) हो भनेर "सेफ साइड" लाग्न थाले |
यहि मौका छोपेर बाहुनबादको प्रतिकारमा उर्जा खर्चीरहेका खस-बाहुन बहसकर्ताहरु "उसो भए यो बाहुनबाद सर्वत्र छ, राई भित्र पनि छ, लिम्बु भित्र पनि छ, नेवार भित्र पनि छ, तामांग भित्र पनि छ, मगर भित्र पनि छ, थारु भित्र पनि छ | बाहुनबादको नाममा खस-बाहुनलाई मात्र किन तारो बनाउने? सर्वत्र भएको समस्याको दोष बाहुनलाई मात्र थोपरेर आक्रमण गर्न पाइन्न " भन्न थाले | याने कि "बाहुनबाद समस्या हो तर बाहुन समस्या होइन" भन्ने स्थापित गर्न लागि परे | अर्को शव्दमा भन्ने हो भने "बाहुन स्वयं नै बाहुनबादको उत्पीडनले थला परेको आवाज बोल्ने मैना" बन्ने बातावरण तयार गर्न लागि परे |
यसरि सुरुवातमा बाहुनको नेतृत्वमा रहेको सामाजिक जड संरचना र त्यसले ल्याएको बिकृतिको विश्लेषण गर्दै उठान गरिएको यो मुद्दा हाल राजनतिक हतियारको रुपमा बाहुन उच्चता वा बाहुन-सर्वसत्ताबाद कायम गर्ने वा ध्वस्त पार्ने भन्ने तिर फर्किएको छ | केहि समय अगाडी सम्म यो हतियारलाई जनजातीका प्रवक्ताहरुले बाहुन-सर्वसत्ताबादको बिरोधमा सशक्त प्रयोग गरे, तर अहिले आएर बाहुन सर्व-सत्ताबादको बिरोध गर्न बाहुन नै अघि सर्ने, बाहुनबादी मेडियामा छाउने र बाहुनबादको प्रखर बिरोधि भै टोपल्ने प्रक्रिया धमाधम शुरु भएको छ | यसरि कहिले बाहुनले बाहुनबाद च्याप्ने र कहिले बाहुनबादको ओठे बिरोध गरि टोपल्ने एक किसिमको लुकामारी खेल देखिएको छ |
त्यसो भए बाहुनबाद र बाहुन बीचको यो लुकामारिलाई कसरि बुझ्ने? यो सवाल बुझ्न मलाई अमेरिकी रास्ट्रपति बाराक ओबामाले प्रयोग गरेको शव्द "स्तुपिडीटी" अर्थात् "मुर्खता" सहयोगी लाग्छ | कुरो के भने उनि रास्ट्रपति निर्वाचित हुँदाताका एक गोरा प्रहरीले हार्वर्ड विश्व विद्यालयका एक काला प्रोफेसरलाइ दुर्ब्यबहार गरि एक रात थुनेको आरोप लाग्यो | दुर्व्यबहारको घटनामा प्रोफेसरको गतिविधि असामान्य नरहे पनि त्यसलाई प्रहरीको नजरबाट हेर्दा शंकास्पद देखिने र प्रहरीको गतिबिधि अत्याचार झैँ देखिए पनि उनको जिम्मेवारीको नजरबाट हेर्दा त्यति गलत पनि नदेखिने जस्तो थियो | तर दुवैका समर्थकहरुले यो घटनालाइ निकै ठुलो मुद्दा बनाए, एकातर्फ काला जति भैकन पनि हार्वर्ड जस्तो विश्व विद्यालयमा प्रोफेसर जस्तो सम्मानित पदमा रहेको व्यक्ति, अर्का तर्फ ओबामा प्रशासनकै ड्युटीमा रहेर आफ्नो जिन्दगि जोखिम पारेर जिम्मेवारी पुरा गरेका साधारणतहका गोरा प्रहरी | त्यसमाथि ती प्रोफेसर ओबामाका सहयोगी पनि रहेको हुँदा त्यो घटनाले झन् चर्को रुप लिदै त्यसबारे ओबामाले सार्वजनिक प्रतिक्रिया दिनु परेको थियो | ओबामाले त्यो घटना मा हुन् गएको "मुर्खता"लाइ बिरोध गर्दै दुवै पक्षलाई आफ्नो जिम्मेवारी निभाएकोमा धन्यबाद दिए | प्रहरीलाई आफैले फोन गरि उनको साहस र कर्तव्यपरायणको निमित्त धन्यवाद दिए, प्रोफेसरलाइ पर्न गएको चोटमा क्षमा माग्दै उनिसित दिनर खान बोलाए | समस्या समाधान भयो |
अब यो प्रकरणलाइ थोरै विश्लेषण गरि हेर्ने हो भने - घटनामा संलग्न पक्ष "मुर्ख" नभई "मुर्खता" हुँदैन | "मुर्खता"को बिरोध गर्नु भनेको त्यो घटनामा संलग्न पक्षलाई "मुर्ख" भन्नु नै हो, त्यो भन्दा अर्को अर्थ लाग्नै सक्तैन | तर ओबामाले न प्रहरीलाई "मुर्ख" भन्न सक्थे, न प्रोफेसरलाइ "मुर्ख" भन्न सक्थे, तैपनि उनले "मुर्खता" भन्दिएर् "तिमीहरु दुवै आ-आफ्नो ठाममा मुर्ख हो" भन्दिए | बाहुनबाद र बाहुन पनि तेस्तै हो | बाहुनको अनुपस्थितिमा बाहुनबाद संचालित संरक्षित हुनै सक्तैन | हाम्रो समाजलाइ बाहुनबादले आक्रान्त पार्यो भन्ने बताई रहंदा कसले पार्यो त भन्ने प्रश्नको सीधा उत्तर हुन्छ "बाहुनले आक्रान्त पार्यो"| त्यसैले चाहेर पनि नचाहेर पनि "बाहुनबादको बिरोध भने बाहुनको बिरोध नै हो |" यसलाई हामीले उग्र नदेखिनको लागि "तेसो होइन" भनेतापनि कुरो तेही नै हो |
बाहुन र बाहुनबाद छुट्टिन सक्दैन भन्यो भने अतिबाद जस्तो देख्ने मानिसहरु हाम्रै जनजाती समुदायमा जनजातिका लागि लड्नु पर्छ भन्ने हरु पनि थुप्रै छन | तर बाहुनबादको बिरोध गर्ने नाममा "यो बाहुनबाद नेपाली समाजमा सर्वत्र ब्याप्त छ यसलाई जरैदेखि उखेल्नु पर्छ , यो बाहुनबाद राइ लिम्बु मगर थारु नेवार तामांग मैथिली भोजपुरी अवधि खस आदि सबै तिर ब्याप्त छ |" भनेर भाषण मात्रै गर्ने हो भने त्यो काइते काइदा मात्रै हो | बाहुनबादको असली बिरोध भने बाहुन-सर्व-सत्ताबादको बिरोध नै हो | बाहुन-सर्व-सत्ताबादले नेपालमा समाबेशी लोकतन्त्रको बाटो छेकेको छ |
बाहुन सर्व सत्ताबादलाइ बोकेर हिड्ने बाहुनबादी नै हुन् जसले नेपालको सत्तामा लामो समय हालीमुहाली गरे तर देश कंगाल पारे | तिनको बिरोध हुनै पर्छ | तर बाहुनबादको प्रतिकारमा उत्रने सबै बाहुनहरु सर्व सत्तावादी नै हुन् भन्न सकिन्न | सत्ताको फल नचाखेका, निमुखा, गरिव, दुखि, बाहुन पनि छन, बाहुनबादको बिरोधको नाममा तिनीहरु माथि अन्याय हुनु हुँदैन भन्ने आवाज जुन उठेको छ, त्यो आवाज जायज छ | तर बाहुन समुदायले निमुखा गरिव दुखि बाहुनको आवाजको घुम्टोले छेकेर आफ्नो सर्व-सत्ताबाद्लाई निरन्तरता दिने सपना देख्न छोड्नु पर्छ | मुख्यत: बाहुन समुदायका नेतृत्वले बिश्वास गुमाएका छन् | मौका नपाउन्जेल इमान्दार, मौका पाएपछी महाभ्रस्त, महाबाहुनबादी चरित्र देखाएर समग्र बाहुन समुदायकै बेइज्जति गरेका छन | उदाहरणको लागि, गिरिजा कोइरालालाइ जनताले विस्वास गरेकै थिए, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायत थुप्रै नेताहरु सत्तामा नपुगुन्जेल जनताले "यिनी त इमान्दार सक्षम जनताको लागि काम गर्ने मानिस होला" भनेर बिश्वास गरे, तर जव सत्तामा पुगे - त्यसपछि जनता चित खाए | उस्तै लोभ, उस्तै चरित्र, उस्तै अकर्मन्यता, उस्तै भ्रस्ट मानसिकता | मनमोहन अधिकारी र कृष्ण प्रसाद भट्टराई जत्तिको पनि कोहि निस्केन | बाहुन समुदायबाट त्यस्तो निकम्मा मानिसहरु १-२ तह वा १-२ ठाउँ मात्रै हैन समग्र कार्यपालिका व्यबस्थापिका न्यायपालिकामा थुपारेका छन | ती लोभी भ्रस्ताचारीहरुको समग्र बिरोध गर्दा बाहुन माथि कुद्रिस्ती राख्दिन भन्दैमा हुने हो र? बाहुनबादको बिरोध गर्ने तर सत्तामा हालीमुहाली गरिरहेको बाहुनको बिरोध नगर्ने हो भने भ्रस्ट बाहुन नै बाहुनबाद बिरोध पछाडी लुकेर बच्ने अवस्था श्रीजना हुदैन र? त्यसैले यो बाहुनबाद र बाहुन बीच हुन थालेको लुकामारी चिन्न जरुरत परेको छ |
मैले पहिले पनि भनेको छु - "हामीले गरेको बाहुनबादको बिरोध सामान्य गरिखाने बर्गका बाहुन बिरुद्द लक्षित छैन भनेर जान्दा जान्दै अनावश्यक बहशमा लटकिन रुचाउने बाहुन मित्रहरु कुनै पनि बखत मौका पाउने बित्तिकै बाहुनबादी अहंकार प्रदर्शन गर्ने हैसियत राख्दछन | उहाँहरु बाहुनबादी ब्यबहारमा ओर्लिएको अवस्थामा पनि उहाँहरुले गलती गरेको महशुश गर्नु हुन्न | उपियाँले मैले टोकेको हो, चुसेको हो भन्छ र? उसले त मैले खाएको हो, मेरो भोक मेटेको हो, मेरो पौष्टिक आहारा जुटाउने मानव अधिकार उपभोग गरेको हो, भन्छ | तिमीहरुको क्षमता छ भने मैले जस्तै खाए हुन्छ, सक्छौ भने मलाई नै चुसे हुन्छ, भन्छ | भने जस्तै | त्यसैले हामीले टोक्ने चुस्ने प्रक्रिया (यानेकि बाहुनबाद) मात्र हैन, टोकुवा र चुसुवा(याने कि बाहुनबादलाइ मलजल गर्ने बाहुन) को पनि बिरोध गर्नु पर्छ |"
बाहुनबादको प्रतिकारमा ओर्लेको बाहुनको सवालमा भने हामी चनाखो हुनु पर्छ | टोक्ने चुस्ने चाहना नभएतापनि याने कि बाहुन-सर्व-सत्ताबादको फाइदा अस्विकार गर्ने चाहना भएतापनि बाहुन समुदायमाथि भएको आक्रमण प्रति ऐक्यबद्दता जनाउन बाहुनबादको प्रतिकारमा ओर्लेको बाहुन हो भने हामीले तिनलाई आलोचनाको तारो नबनाए पनि हुन्छ | तर बिगत र आगतमा बाहुन-सर्व-सत्ताबादको स्वाद चाखेर डम्म फुलेको जुका जस्ता सम्भ्रान्त बाहुनलाइ आलोचनाको दाएराबाट मुक्ति दिन किम्मार्थ मिल्दैन | त्यसै गरि, हालसम्म बाहुन-सर्व-सत्ताबादको स्वाद नचाखेका तर भविस्यमा चाख्ने लालच राखेका सिकुटे जुका जस्ता बाहुनलाई पनि आलोचनाको दाएराबाट मुक्ति दिन मिल्दैन | त्यस्ता व्यक्तिहरु नै वास्तविक बाहुनबादको सम्बाहक र संरक्षक हुन् | बाहुनबाद र बाहुन बीच फरक छ जस्ता शाब्दिक जालभित्र लुक्न चाहने त्यस्ता बाहुनबादीहरुको षडयन्त्रलाइ समयमै चिनौ | यसैमा जनजातिहरुको भलाइ छ
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।