Pages

जनजाति, आदिवासी को पहिचान सहितको संघीय राज्य के हो-


जनजाति, आदिवासी को पहिचान सहितको संघीय राज्य के हो-
ईतिहासिक तथ्य र प्रसंग -
यो २४० बर्षको अन्तकालमा खस मुलका एक्कासी किन आकाशको उचाईमा पुग्यो ... । सबै छेत्रमा उसैको पहुँच भयो । नेपाल पहिला तत्कालिन उन्नत मुलुकमा गनिन्थ्यो भने अब बिकासोन्मुख ( कंगाल ) मा पुग्यो । किनकी हुने खानेले मात्र खाये अरु पाखा लगाइए । सबै कुरामा पछि पर्नु भाषा पनि हो । क्रमिक रुपमा एक पछि एक पछि एक आदिबासी, जनजाति लाई लाठिको भरमा भएको चुप राख्दै शान्तिको हवाला दिंदै शासन गर्दै आए । जबकि शान्तिको परिभाषा चुपचाप नभै खुशहालि अमन चयन हो । अब एक पल्ट सेनाम भर्तिको पनि कुरा गरौं, कति प्रतिशत खस जन संख्यामा कति प्रतिशत ठाउँ ओगटेको त अवश्य थाहा होला । नियत के हो त ? सेना भनेको शक्ति, र शक्तिको केन्द्रमा आफ्नो पहुँच । अब धेरै भन्नु नपर्ला कुर्सिमा को छ र भुईंमा त सर्ब साधारण आदिबासी, जन-जाति, मधेसी र दलित छन ।
खस जाति र दोषगत प्रसंग-
कसैकसैको कुरामा सबै खस दोषी छैन भन्ने रहेछ र सुदूर पश्चिमको बिकट भुखमरीको कुरा ऊठाउनु हुन्छ । किन यस्तो भयो भन्ने कुरा गरौं होला अब, सबै राजधानी आए पछि पुग्यो, शासक बर्गले आफु बस्ने ठाऊँ मात्रै हेरे अरु ठाऊँको बेमतलब गरे । यो सन्तुलित बिकास नभएको नतिजा हो । यदि स्वार्थी नभइकन आ-आफ्नो ठाऊँको पनि बिकासको चिन्ता गरेको भए सायद अहिले हामी यो बाद-बिवाद मा हुन्न थियो । कस्लाई दोषी मान्ने ? सन्तुलित बिकासको भावना नभएका सबै दोषी, सायद केहि शासक बर्गमा नपरे पनि दोष मुक्त त पक्कै हुनु हुन्न । फेरि मेरो अभिब्यक्तिलाई गलत अर्थमा नलिन हुन यानिकि अरुलाई निस्किनु पर्छ भन्ने अर्थ भने होइन । केहि जिम्मेवारी बोधको प्रयास मात्रै हो ।
हामी सबै मिलेर बसेका छौं भनेको लाठी देखाएर चुप बसेका लाइ शान्त भन्नुको पर्यायवाचि मात्रै हो । हो, हामीहरु सबै अझै संयमित र उग्र भै-सकेको छैनौं । यो बचेको संयमित भावनाको बलले हामी नेपालको स्थायित्वको कुरा गर्छौं ।
बिखण्डन की बिखण्डनबाट जोगाउने ? -
संघीयता चाहिएको प्रमुख कारण देश बिखण्डनबाट जोगाउन नै हो । हामी स्थानीय जनजाति, आदिवासी को पहिचान सहितको संघीय राज्य अनि स्वशासनको वकालत गरेका हौं । देश बिखण्डन भन्ने कुरा यहाँ गलत छ ।हामी देश बिखण्डनको बिरोधी हौं । संघीयतालाई बिखण्डन भन्नु ठिक होइन ।बरु संघीयतालाई भएको राष्ट्रिएताको स्रोतको जग भन्नु राम्रो होला । यसलाई खाँचो भएको भावात्मक एकताको स्रोत भन्नु राम्रो होला । तराई एक प्रदेश ठिक होइन किनकि पूर्वी तराई र पश्चिम तराई को रहन सहन भाषा संस्कृति समान छैन ।जो नेपालको नागरिकता लिईकन नेपाली होइन र नेपाली भनिन अप्थ्यारो मान्छ , उस्को नैतिकताको प्रश्न आउँछ । हामी यो कुरामा गंभीर हुनु आवश्यक छ । नेपालमा बस्ने र नेपाली होइन भन्नेको नेपालमा स्थान छैन र उस्को बोल्ने अधिकार पनि छैन , हैसियत पनि छैन ।
नेपाली हुँ, अन्याय भएको छ भन्ने हो भने कुरा सुन्नु आवश्यक छ । बाह्य आत्मनिर्णयको अधिकार रहितको संघीयता हुनु पर्छ । एक प्रदेश हुनु भएन ।
भाषा र संस्कृति -
भाषाको दुई वटा अर्थ हुन सक्छन । पहिलो यस्ले एक आपसमा संबाद, संचार गराउँछ । आफ्नो कुरा अरुमा राख्ने माध्यम हुन्छ । दोश्रो यो एउटा जाति-विशेष , जन जाति वा आदिवासीको पहिचान पनि हो ।त्यसैले हामी सामाजिक पहिचानको पनि आवश्यकता को कुरा गर्दैछै ।
संस्कृतिको त आफ्नै मौलिक पहिचान छ ।
रह्यो साँस्कृतिक र भाषाको कुरा, यो त हात बाँधेर खा भन्ने जस्तो अबस्था छ । किनकि हरेक छेत्रमा खस नेपाली छ, जुन त्यही भाषा बोल्नेलाई अगाडि बढ्न अनुकूल छ । अरु पछि पर्ने स्वभाबिक छ । साँस्कृतिक पर्व हरुमा छुट्टी नदिने अनि भन्ने रोकेको कहाँ छ र ?। उदाहरण, तामाङले दशैंमा होइन ल्होसारमा लामो छुट्टी खोजेका हुन । उनिहरुको तिहारको छुट्टीमा के काम..? कहिले हामीले सोचेका छौं, कसैकसैले मिलेर बसेको समाज हो भन्छन तर वास्तवमा यो संयमित समाज हो, मिलेको भन्न मिल्दैन । बिस्फोट भयो भने के गर्ने ? हामी भाषाको कुरामा वैकल्पिक बाटोको कुरा गरी राखेका छौं भने संस्कृतिको कुरामा स्थानीय आत्मनिर्णयको कुरा गरेका छौं ।
कुनै जाति बिषेशको आफ्नो जातले शासन गरे न्याय पाइन्छ नत्र पाईदैन भन्ने कुरा भन्दा पनि कुनै जाति बिषेशको भाषा, संस्कृति र पहिचान र रहनसहन को बारेमा त्यहि जाति बिषेशको मानिसलाई धेरै थाहा हुने कुरामा शंका नहोला । त्यसैले भाषा, संस्कृति र पहिचान र रहनसहनको उथ्थानको लागि राम्रो बिकल्प भनेको स्वशासन नै हुन सक्छ । हामी आदिबासीहरुको स्वशासनको अधिकारको पनि कुरा गर्दैछौं । जुन अधिकारको बारेमा ILO १६९ र UN Norms ब्याख्या गरेको छ । हामी त्यसको पालना एवं कार्यान्वयनको कुरा गर्दैछौं ।
हामी सबैको अधिकारको कुरा गर्दै छौं ।
एकताकोसूत्रधार-
जन-जातीय राज्य साम्प्रदायिक हुन्छ कि भन्ने शंका राख्ने पनि होला, बरु हामी जन-जातीय राज्य लाई भावात्मक एकताको माध्यम, तल्लो जराको शाखा - रुपी राज्यको एकाई बाट पोषीत हुन्दै पूर्ण एवं बलियो रुख रुपी राष्ट्रिएताको निर्माण हुने कुरा गरी राखेका छौं । हामीलाई शंका होइन विश्वासको वातावरणको आवश्यकता छ । शंकाको वातावरणले संकत निम्त्याउँछ जन-जातीय राज्य ले होइन ।


अन्तमा सार निष्कर्ष -
नमूना मानचित्र संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल
Indicative picture of  Federal democratic Republic of Nepal
एकात्मकले त सन्तुलित विकासको आकर्षण गर्न असफल भएको छ ।अनि एकात्मक बिकेन्द्रिकरणमा स्वायेत्त्वता हुन्दैन , केन्द्रले हस्तछेप गर्छ, संघीयतामा स्वायेत्त्वता हुन्छ , साँचो अर्थमा बिकेन्द्रिकरण हुन्छ। अब संघीयताको कुरा गरौं, भौगोलिकले संघीयताले पनि आकर्षण किन होला , सैद्धान्तिक रुपमा एकै हुन, खालि आकार ठूलो सानो अनुहार एउटै हुन । जन-जातीय संघीयतामा आकर्षण हुन्छ किनकि भाषा र संस्कृति भनेको कुरा ब्यक्तिगत पहिचानको पनि कुरा हो । त्यसले नै बिकासको मार्ग खुलाउने छ । राजधानी सार्ने पनि कुरा चलेको छ । सबै ठाऊँमा सन्तुलित विकास चाहिएको छ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।